Logo

शुक्रवार, कार्तिक २८ गते २०८३

images
२०८३, कार्तिक २८ गते
images

इच्छाकामनामा सयपत्री फूल खेतीसम्बन्धी कृषकस्तरीय तालिम सम्पन्न

इच्छाकामनामा सयपत्री फूल खेतीसम्बन्धी कृषकस्तरीय तालिम सम्पन्न

images

इच्छाकामना न्युज

२३, जेठ २०८२
इच्छाकामनामा सयपत्री फूल खेतीसम्बन्धी कृषकस्तरीय तालिम सम्पन्न
images

इच्छाकामना । इच्छाकामना गाउँपालिका, चितवनमा सयपत्री फूल खेती प्रविधिसम्बन्धी एक दिने कृषकस्तरीय तालिम सम्पन्न गरिएको छ। इच्छाकामनाका विभिन्न वडाबाट प्राप्त मागका आधारमा आयोजना गरिएको तालिम गाउँपालिकाको सभाहलमा सम्पन्न भएको हो।

तालिम कार्यक्रमको अध्यक्षता गाउँपालिकाका उपाध्यक्ष माया सिलवालले गर्नुभएको थियो। कृषि विकास शाखाको समन्वय तथा सहयोगमा सञ्चालन गरिएको उक्त तालिममा पुष्प विकास केन्द्र, गोदावरीबाट आएका विशेषज्ञ प्रशिक्षकहरूले प्रशिक्षण सत्र सञ्चालन गरेका थिए।

तालिममा सयपत्री फूल खेतीका प्रविधिहरू, व्यावसायिक उत्पादनका सम्भावना र व्यवस्थापनका पक्षमा सहभागी कृषकहरूलाई जानकारी दिइएको थियो। तालिम पश्चात सहभागीहरूलाई आवश्यक उत्पादन सामग्रीसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ।

कार्यक्रमले कृषकहरूलाई फूल खेतीतर्फ आकर्षित गराउने र आयआर्जनमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

images
प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - ०८:५९:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology