Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको कविता प्रतियोगितामा प्रथम कवि मनोज विश्वकर्मा 

अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको कविता प्रतियोगितामा प्रथम कवि मनोज विश्वकर्मा 

इच्छाकामना न्युज

१५, फाल्गुण २०७७
अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको कविता प्रतियोगितामा प्रथम कवि मनोज विश्वकर्मा 

काठमाडौं फागुन,१५।
हेम सरिता पाठक फाउन्डेसनद्धारा आयोजित भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय कविता प्रतियोगितामा रौतहट निवासी कवि मनोज विश्वकर्मा प्रथम हुनु भएको हो। समाजसेवी हेम पाठक र सरिता पाठक ९टेक्सस,अमेरिका०ले स्थापना गर्नु भएको सो पुरस्कारमा एक हजार अमेरिकी डलर राशीसहित सम्मानपत्र रहेको छ । प्रतियोगिताका लागि प्राप्त कविताहरु मध्ये पहिलो चरणमा उत्कृष्ट पच्चीस कविताहरु सार्वजनिक गरिएको र ती कविताहरुको जुम माध्यम बाट प्रत्यक्ष वाचन पनि गराइएको थियो। सो प्रतियोगिताको लागि डा।रामप्रसाद ज्ञवाली,स्नेह सायमि र गीता त्रिपाठी रहेको तीन सदस्यीय निर्णायक समिति बनाइएको र सो समितिले गरेको सिफारिसका आधारमा निर्णय घोषणा गरिएको हो। उत्कृष्ट २५ कविमा श्री मनोज विश्वकर्मा,श्री जितेन्द्र बस्नेत,श्री संगीता पोखरेल,श्री पिटर कुवर,श्री प्रकाश आचार्य,श्री जीवन आरोही,सानु खनाल श्री दिलीप कुवर, श्री जनक रसिक,श्री दीप पाण्डे,श्री प्रज्वल अधिकारी,श्री निरज दहाल,श्री टीएन भट्ट “विश्वामित्र”, श्री रमा अधिकारी कादम्बरी,श्री सुरज पराजुली,श्री सुष्मा तिमल्सिना,श्री सन्तोष लामिछाने,श्री दिपेन्द्र अरुण,श्री केशवराज ज्ञवाली श्री मोहित जोशी,श्री सोमनाथ दहाल,श्री नवराज अधिकारी,श्री नारायण अधिकारी,श्री सुवास शर्मा र श्री भीष्मप्रसाद भट्टराई रहेको छ। काठमाडौंमा कार्यक्रमको आयोजना गरी पुरस्कार प्रदान गरिने र उत्कृष्ट पच्चीस कविताको पुस्तक प्रकाशन पनि गरिने छ।यसैगरी एक हजार अमेरिकी डलर राशीको भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय गीत प्रतियोगिताको लागि अन्तिम मिति २०७७ फागुन १५ गतेसम्म तोकिएको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण १५, २०७७ शनिवार - २२:०६:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology