Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

आँबुखैरेनीमा बजेट निर्माण, पल्स विश्लेषण तथा सामाजिक सुरक्षा कोष सम्बन्धी तालिम सम्पन्न

आँबुखैरेनीमा बजेट निर्माण, पल्स विश्लेषण तथा सामाजिक सुरक्षा कोष सम्बन्धी तालिम सम्पन्न

इच्छाकामना न्युज

२३, जेठ २०८२
आँबुखैरेनीमा बजेट निर्माण, पल्स विश्लेषण तथा सामाजिक सुरक्षा कोष सम्बन्धी तालिम सम्पन्न
images

आँबुखैरेनी (तनहुँ), २३ जेष्ठ । आँबुखैरेनी सहकारी समन्वय समितिको आयोजनामा बजेट निर्माण, पल्स विश्लेषण तथा सामाजिक सुरक्षा कोष सम्बन्धी तालिम सम्पन्न भएको छ।

images
images

तालिमको उद्घाटन तथा समापन कार्यक्रम समितिका अध्यक्ष भगवानदास मल्लको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानज्यू सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि चुमानले सहकारीहरूलाई व्यवस्थित ढंगले बजेट निर्माण गर्न, वित्तीय विश्लेषण (पल्स) विधि अपनाउन तथा सामाजिक सुरक्षा कोषको प्रभावकारी व्यवस्थापन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । यस्ता तालिमहरू सहकारीहरूको संस्थागत सुदृढीकरणमा महत्वपूर्ण हुने धारणा उहाँले व्यक्त गर्नुभयो।

तालिममा आँबुखैरेनी गाउँपालिकाभित्र क्रियाशील विभिन्न सहकारी संस्थाहरूका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको आयोजक समितिले जनाएको छ। 

images
प्रकाशित मिति :जेठ २३, २०८२ शुक्रवार - २१:२३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology