Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

यी मुद्राको विनिमयदर आज घट्यो

यी मुद्राको विनिमयदर आज घट्यो

इच्छाकामना न्युज

२४, जेठ २०८२
यी मुद्राको विनिमयदर आज घट्यो

काठमाडौ । नेपाल राष्ट्र बैंकले आज (शनिबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ।

images

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ७१ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३१ पैसा छ। हिजो अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५७ पैसा थियो। गएको माघ २५ गते अमेरिकी डलर एकको खरिददर एक सय ३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर एक सय ४० रुपैयाँ ४३ पैसा थियो। नेपाली बजारमा अमेरिकी डलरको यो मूल्य अहिलेसम्मकै सबैभन्दा महँगो हो।

त्यसैगरि आज युरो एकको खरिददर १५६ रुपैयाँ १३ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा छ। हिजो एकको खरिददर १५६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १५७ रुपैयाँ १३ पैसा थियो। त्यस्तै आज पाउन्ड एकको खरिददर १८५ रुपैयाँ १४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ९५ पैसा छ। हिजो पाउन्ड एकको खरिददर १८५ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८६ रुपैयाँ ६८ पैसा थियो।

त्यसैगरि अस्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८९ रुपैयाँ १७ पैसा छ। हिजो अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १४ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५३ पैसा थियो। त्यसैगरि कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ०७ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ०३ पैसा छ। हिजो कुबेती दिनार एकको खरिददर ४४६ रुपैयाँ ६४ पैसा र बिक्रीदर ४४८ रुपैयाँ ५९ पैसा थियो। आज बहराइन दिनार एकको खरिददर ३६२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ २३ पैसा छ।

हिजो बहराइन दिनार एकको खरिददर ३६३ रुपैयाँ ३० पैसा र बिक्रीदर ३६४ रुपैयाँ ८९ पैसा थियो। यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने राष्ट्र बैंकले जनाएको छ।

images
प्रकाशित मिति :जेठ २४, २०८२ शनिवार - ०६:०३:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology