Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

आँबुखैरेनीमा लागुऔषध सहित दुई जना पक्राउ

आँबुखैरेनीमा लागुऔषध सहित दुई जना पक्राउ

इच्छाकामना न्युज

२५, जेठ २०८२
आँबुखैरेनीमा लागुऔषध सहित दुई जना पक्राउ
images

आँबुखैरेनी, जेठ २५ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित पृथ्वी राजमार्ग सडकखण्डमा सवारीसाधन जाँच गर्ने क्रममा नियन्त्रित लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

images
images

प्रहरी टोलीले जाँचका क्रममा भारतको महाराजगंज जिल्ला, नौतुना ग्राम, सुनौली निवासी २० वर्षीय दिपक कुमार र १८ वर्षीय हरिस चन्द कुमारलाई लागुऔषधसहित पक्राउ गरेको हो।

उनीहरूबाट लुकाईछिपाई राखिएको अवस्थामा फेला परेका लागुऔषधहरू निम्न छन्: डायाजेपाम (Diazepam) – २०० एम्पुल फेनेरगन (Phenergan) – २०० एम्पुल बुप्रेनोर्फिन (Buprenorphine) – २०० एम्पुल नाइट्राभेट–१० (Nitravet–10) – ९० ट्याब्लेट गरि जम्मा ६०० एम्पुल लागुऔषध र ९० ट्याब्लेटसहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र थप अनुसन्धान जारी रहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।

images
प्रकाशित मिति :जेठ २५, २०८२ आइतवार - १०:१७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology