Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दोस्रो नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो

दोस्रो नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो

इच्छाकामना न्युज

२६, जेठ २०८२
दोस्रो नेसन्स लिगको उपाधि पोर्चुगलले जित्यो

काठमाण्डु । पोर्चुगलले स्पेनलाई पेनाल्टी सुटआउटमा ५–३ ले पराजित गर्दै आइतबार म्युनिखमा २–२ को बराबरी खेल्दै दोस्रो नेसन्स लिगको उपाधि जितेको छ।

images

अल्भारो मोराटाको निर्णायक स्पट किकमा रुबेन नेभ्सले गोल गरेपछि पोर्चुगलले पेनाल्टी सुटआउटमार्फत सो उपाधि हासिल गरेको हो। पोर्चुगल निर्धारित समयमा दुई पटक पछि परेको थियो तर दुई पटक गोलको बराबरी खेलेर खेललाई पेनाल्टीसम्म धकेलेको थियो।

मार्टिन जुबिमेन्डीले पोर्चुगलविरुद्ध २१ मिनेटमा गोल गरेर स्पेनलाई अग्रता दिलाएका थिए भने त्यसको ५ मिनेटपछि नै उत्कृष्ट नुनो मेन्डेसले खेललाई बराबरीमा ल्याउन सफल भए। तर, गत वर्षको युरोपियन च्याम्पियनसिप फाइनलमा इङ्ल्यान्डविरुद्ध अन्तिम क्षणमा विजयी गोल गरेका मिकेल ओयार्जाबालले ४५औं मिनेटमा गोल गर्दै स्पेनलाई पुनः अग्रता दिलाए।

पहिलो हाफमा स्पेनले २–१ को अग्रता लिएको थियो। तर, दोस्रो हाफमा क्रिस्टियानो रोनाल्डोले ६१औं मिनेटमा थप गोल गर्दै पोर्चुगललाई २–२ को बराबरीमा ल्याए। तर नियमित समयको अन्त्यसम्म दुवै टोलीबीच अन्य कुनै फरक देखिएन। त्यसमाथि अतिरिक्त समयमा पोर्चुगलले उत्कृष्ट प्रदर्शन गरे पनि नतिजा भने दिन सकेन्। अन्ततः खेल पेनाल्टी सुटमा जान विवश भयो।

पेनाल्टी सुटआउटमा गोन्कालो रामोस, वितिन्हा, ब्रुनो फर्नान्डेज र नुनो मेंडेसले गोल गरे भने मोराटाको प्रयास गोलरक्षक कोस्टाले बचाएका थिए। अन्ततः नेभेसले निर्णायक पेनाल्टी गोल गरेपछि पोर्चुगल दुई पटक नेशन्स लिग उपाधि जित्ने पहिलो टोली बन्यो।

images
प्रकाशित मिति :जेठ २६, २०८२ सोमवार - ०८:२१:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology