Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

शनिबार मात्रै ४५०० भन्दा बढिले मनकामना केवलकार चढे

शनिबार मात्रै ४५०० भन्दा बढिले मनकामना केवलकार चढे

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
शनिबार मात्रै ४५०० भन्दा बढिले मनकामना केवलकार चढे

कुरिनटार, १६ फागुन । गोरखाको सहिद लखन गाउँपालिका २ स्थित मनकामनामा अवस्थित प्रसिद्ध धार्मिक स्थल मनकामना मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरुको आवागमनमा वृद्धि भएसँगै मनकामना केवलकारमा यात्रु बढेका छन्। कोरोना भाइरस (कोभिड–१९) का कारण ९ महिना बन्द भएको केबलकार दुई महिना अघिदेखि सञ्चालनमा आएको थियो। पछिल्लो समय दैनिकी समान्यीकरण हुदै जादा मनकामना मन्दिर र केवलकार सञ्चालन भएसँगै मनकामना केवलकारमा यात्रु बढेका हुन्।
शनिबार मात्रै चार हजार भन्दा बढीले मनकामना केबलकार चढेर मनकामना मन्दिर दर्शन गर्न पुगेको मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले बताउनुभयो।

images

तस्वीरः दान बहादुर गुरुङ

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०८:३५:२२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology