सिमलढाप, १६ फागुन । शनिबार परेको ३९ औं राष्ट्रिय मगर एकता दिवस इच्छाकामना गाउँपालिकाका मगर समुदायले पनि मनाएका छन्। चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ७ स्थित भालुमारामा एक कार्यक्रमको आयोजना गरि दिवस मनाएका हुन्।

नेपाल मगर संघ वडा कार्यसमिति वडा नं. ७ को आयोजनामा भालुमारामा कार्यक्रम गरी दिवस मनाएको हो। कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बम बहादुर राना मगर, मगर संघ इच्छाकामना गाउँ कार्यसमितिका राकेश थापा लगायतको उपस्थिति रहेको थियो।