Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदै

सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदै

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदै

काठमाण्डौ, १६ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबल अन्तर्गत आजपनि दुई खेलहरु हुँदैछन् । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र नयाँबस्ती युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ । ब्वाइज र नयाँबस्तीबीचको खेल अपरान्ह सवा १२ बजेबाट सुरु हुनेछ । दुबै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । ब्वाइज ७ खेलमा ११ अङ्क जोडेर चौंथो स्थानमा रहेको छ ।नयाँबस्ती ११ अङ्क जोडेर पाँचौं स्थानमा रहेको छ । 
यस्तै आजै हुने अर्को खेलमा खुमलटार युथ क्लब र झम्सिखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । खुमलटार र झम्सिखेल बीचको खेल अपरान्ह साढे ३ बजे सुरु हुनेछ । खुमलटार सहज जित निकाल्दै शीर्ष स्थानको सातदोबाटोसँग अङ्क बराबरी गर्न चाहन्छ । खुमलटार ७ खेलमा १६ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । शीर्ष स्थानको सातदोबाटोको १९ अङ्क  रहेको छ । झम्सिखेल ६ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।

images

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०९:१३:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology