Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

फ्रेन्च लिग वान फुटबलमा पीएसजी ४–० शून्य गोलले विजयी 

फ्रेन्च लिग वान फुटबलमा पीएसजी ४–० शून्य गोलले विजयी 

एजेन्सी

१६, फाल्गुण २०७७
फ्रेन्च लिग वान फुटबलमा पीएसजी ४–० शून्य गोलले विजयी 
images

फ्रेन्च लिग वान फुटबलमा साविक विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) ले सहज जित निकालेको छ । गयराति भएको खेलमा पीएसजीले डिजोनलाई ४–० गोल अन्तरले पराजित गरेको हो ।
डिजोनको मैदानमा पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पेले दुई गोल गर्नुभयो । मोइस किन र डानिलो पेरेइराको नाममा एक–एक गोल गर्नुभयो । खेलको ३२ औं मिनेटमा एमबाप्पेले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई २–० को अग्रता दिलाउनुभयो । खेलको ५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० को बनाउनुभयो ।
त्यसपछि खेलको ८२ औं मिनेटमा डानिलोले गोल गर्दा पीएसजीले सहज जित निकाल्यो । जितसँगै पीएसजी लिगको दोस्रो स्थानमा उक्लिएको छ । पीएसजीले २७ खेलमा ५७ अङ्क जोडेको छ । शीर्ष स्थानको लिलको ५८ अङ्क रहेको छ । डिजोन १५ अङ्क जोडेर पुछारमा रहेको छ ।

images
images

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - ०९:१४:०४ बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology