Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

मेघौलीमा अन्तरबिद्यालय दौड प्रतियोगिता सम्पन्न

मेघौलीमा अन्तरबिद्यालय दौड प्रतियोगिता सम्पन्न

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
मेघौलीमा अन्तरबिद्यालय  दौड प्रतियोगिता सम्पन्न

चितवन, १६ फागुन। पश्चिम चितवन मेघौलीमा प्याब्सन क्षेत्रिय समिति स्कोबले अन्तरबिद्यालय  दौड प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा बिजय को-अपरेटिभ इङलीस बोर्डिङ स्कुल प्रथम ,ब्राइट फ्युचर इङलीस बोर्डिङ स्कुल दोस्रो र ब्लीउ बड र पिसील्याण्ड इङलीस बोर्डिङ स्कुल तेस्रो हुन सफल भएका छन् । उक्त दौड खेल प्रतियोगिता मेघौलीको खेलमैदानमा गरिएको हो ।

images

जसमा २१ वटा बिद्यालयहरुको सहभागिता रहेको थियो । कार्यक्रम अन्र्तगत लामो तथा छोटो दूरीको दौड साथै रिले दौड गरी ८ वटा इभेन्टमा खेल सञ्चालन गरिएको हो । जसमा प्रतिस्पर्धी बिद्यार्थीहरुबाट एक व्यक्तिले २ वटा इभेन्टमा सहभागी हुनपाउने व्यबस्था रहेको थियो । भरतपुर २७ र २८ मा सञ्चालित खेल प्रतियोगिता मा मिलिजुली मा वि ,पारामाउन्ट मा वि,ब्राइट फ्युचर मा वि,अलमाइटी एकेडेमी र नमूना मा वि संस्थागत बिद्यालयहरुको संयुक्त संयोजनमा खेल सञ्चालन गरिएको हो ।

प्रतियोगितामा विद्यार्थीको सहभागिताको उत्साहले हामीमा थप उर्जा मिलेको कार्यक्रमका सभापति तथा पश्चिम चितवन प्याब्सन क्षेत्रिय समितिका अध्यक्ष हर्कबहादुर चापागाईले बताए । दौड खेल प्रतियोगितामा बिजयी भएका सम्पूर्ण बिद्यार्थी खेलाडीहरुमा आउँदा दिनमा अझ प्रगति तथा सफलताको कामना गर्दै शुभकामना व्यक्त गर्नुभयो । 

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - १५:४८:५० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology