Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

सोमबार अमेरिकी डलरको बिक्री मूल्य १३७.०७ रुपैयाँ पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

सोमबार अमेरिकी डलरको बिक्री मूल्य १३७.०७ रुपैयाँ पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

इच्छाकामना न्युज

१६, आषाढ २०८२
सोमबार अमेरिकी डलरको बिक्री मूल्य १३७.०७ रुपैयाँ पर्ने, अन्य देशको मुद्रालाई कति पर्ला ?

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ ।

images

त्यसैगरी युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ  ९४ पैसा र बिक्रीदर १६० रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ १८ पैसा र बिक्रीदर १८८ रुपैयाँ कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ १२ पैसा र बिक्रीदर ८९ रुपैयाँ  ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०० रुपैयाँ १८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४३ पैसा र बिक्रीदर नारुपैयाँ  ४७ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०३ पैसा र बिक्रीदर १९ रुपैयाँ ११ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३६ रुपैयाँ  ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ  ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ३७ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ २७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४१ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तोकिएको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०८२ सोमवार - ०८:५४:२४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology