Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धादिङ बेनिघाट रोराङको ताल्ती र नेत्रावती डबजोङको टोड्केमा प्रहरी चौकी उद्घाटन

धादिङ बेनिघाट रोराङको ताल्ती र नेत्रावती डबजोङको टोड्केमा प्रहरी चौकी उद्घाटन

इच्छाकामना न्युज

१६, फाल्गुण २०७७
धादिङ बेनिघाट रोराङको ताल्ती र नेत्रावती डबजोङको टोड्केमा प्रहरी चौकी उद्घाटन

धादिङ, १६ फागुन । धादिङ जिल्लामा आईतबार दुई वटा प्रहरी चौकी नयाँ भवन समुद्घाटन भएको छ। जिल्ला प्रहरी कार्यालय धादिङले दिएको जानकारी अनुसार बेनिघाट रोराङ गाउँपालिका वडा नं. २ ताल्ती प्रहरी चौकी र नेत्रावती डबजोङ गाउँपालिका ५ टोड्के प्रहरी चौकीको नवनिर्मित भवन समुद्घाटन गरिएको हो। 

images

154729196_872597523311248_4527589733285647207_o.jpg
ताल्ती प्रहरी चौकीको नवनिर्मित भवन बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक श्री बसन्त कुमार लामाले समुद्घाटन गर्नुभएको धादिङ प्रहरीले जानकारी दिएको छ। 

154608876_872597766644557_1415823891281139671_o.jpg
कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा, धादिङका सहायक प्रमुख जिल्ला अधिकारी रुद्र बहादुर मल्ल, जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख महेन्द्र खड्का, नेत्रावती डबजोङ गाँउपालिकाका प्रमुख दुर्गा कुमार शाक्य‚ उपप्रमुख उर्मिला तामाङ गुरुङ‚ बेनिघाट रोराङ गाउँपालिकाका प्रमुख पित्त बहादुर डल्लाकोटी‚ उपप्रमुख देवी प्रसाद सिलवाल, सुरक्षा निकायका प्रमुखहरु‚ जनप्रतिनिधीहरु‚ संचारकर्र्मीहरु‚ स्थानीयबासीहरु लगायतको उपस्थिति रहेको थियो।

155529729_872597649977902_4661423952637840705_o.jpg

images
प्रकाशित मिति :फाल्गुण १६, २०७७ आइतवार - २२:३७:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology