Logo

सोमवार, मंसिर १ गते २०८३

images
२०८३, मंसिर १ गते
images

चितवन कांग्रेसले भन्यो : रविको पक्षमा हस्ताक्षर भन्दै अनधिकृत चन्दा संकलन

चितवन कांग्रेसले भन्यो : रविको पक्षमा हस्ताक्षर भन्दै अनधिकृत चन्दा संकलन

images

इच्छाकामना न्युज

२२, आषाढ २०८२
चितवन कांग्रेसले भन्यो : रविको पक्षमा हस्ताक्षर भन्दै अनधिकृत चन्दा संकलन
images

२२ असार, चितवन। नेपाली कांग्रेस चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा गरिएको हस्ताक्षर अभियान चन्दा संकलन प्रयोजनका लागि भएको आरोप लगाएको छ।

चितवनका कांग्रेस सभापति राजेश्वर खनालले आइतबार विज्ञप्ति निकालेर आर्थिक अपचलनको विषयमा अनुसन्धानको दायरामा रहेका व्यक्तिसंग सम्बन्धित रहेर पुनः चन्दा संकलन अभियान नै सञ्चालन शंका उत्पन्न भएको जनाएका छन् ।

अनाधिकृत रुपले चन्दा संकलन गरिएको दाबी गर्दै कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनसँग माग गरिएको छ । पूर्पक्षका लागि कारागारमा रहेका रास्वपा सभापति लामिछानेको रिहाईको बहानामा हस्ताक्षर र चन्दा संकलन अभियान चलाइएको चितवन कांग्रेसले जनाएको छ ।

सर्वसाधारण जनतालाई दवाब र प्रभावमा पारी सञ्चालन रास्वपाले यो क्रियाकलाप गरेको कांग्रेस चितवनका सभापति खनालाको दाबी छ । अदालत र सम्बद्ध पक्षको अनुसन्धान कार्यमा प्रभाव नपार्न यो अभियान रोक्न उनको माग छ ।

images
प्रकाशित मिति :आषाढ २२, २०८२ आइतवार - १८:५७:२९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology