Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कृषि सामग्री कम्पनीले खरिद ग¥यो ६० हजार टन मल 

कृषि सामग्री कम्पनीले खरिद ग¥यो ६० हजार टन मल 

इच्छाकामना न्युज

१७, फाल्गुण २०७७
कृषि सामग्री कम्पनीले खरिद ग¥यो ६० हजार टन मल 

काठमाण्डौ, १७ फागुन । कृषि सामग्री कम्पनी लिमिटेडले ग्लोबल टेन्डर मार्फत खरिद गरेको ६० हजार टन मल नेपाल भित्रिएको छ । स्विस सिंगापुर कम्पनीसँग खरिद गरेको ३० हजार टन युरिया र भारतको देश ट्रेडिङ कम्पनीसँग खरिद गरेको ३० हजार टन डीएपी मल तीन वटा नाकाबाट नेपाल ल्याइएको प्रवक्ता विष्णु प्रसाद पोखरेलले सीआइएनलाई जानकारी दिनुभयो । दुई साताअघि कम्पनीले २५ हजार टन युरिया नेपाल भित्रिएर त्यसको अधिकांश परिमाण माग भएका जिल्लामा परिचालनसमेत गरिसकेको उहाँको भनाइ छ । 
एक महिनायता ५५ हजार टन युरिया र ३० हजार टन डीएपी मल भित्रिएकोले मलको अभाव नहुने कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु प्रसाद पोखरेलले बताउनुभयो । सरकार सरकारका बीचमा भएको सम्झौता अनुसार बंगलादेशबाट आउन लागेको २२ हजार ५ सय टन युरिया मल अर्कोसाता मात्रै नेपाल आइपुग्ने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । 

images

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:३३:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology