Logo

मंगलवार, आश्विन १३ गते २०८३

images
२०८३, आश्विन १३ गते
images
images

सोलु एफ.एम.को स्टुडियोमा आगलागी, एक करोड बराबरको क्षति 

सोलु एफ.एम.को स्टुडियोमा आगलागी, एक करोड बराबरको क्षति 

सिआईएन

१७, फाल्गुण २०७७
सोलु एफ.एम.को स्टुडियोमा आगलागी, एक करोड बराबरको क्षति 
images

सुबास दर्नाल, सोलुखुम्बु, १७ फागुन । प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो सोलु एफ.एम. १०१.२ मेगाहर्जको स्टुडियोमा आगलागी भएको छ । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ६ दोर्पुबजारमा रहेको रेडियोको स्टुडियोमा मध्यराती करिब साढे १२ बजे आगलागी भएको हो । 
स्टुडियोबाट सुरु भएको आगोले रेर्कडिङ सहितका भवन समेत जलेर नष्ट भएको रेडियो सञ्चालक समितिका अध्यक्ष बुद्धि नारायण श्रेष्ठले जानकारी दिनुभयो । आगलागीबाट करिब एक करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि यकिन कारण खुल्न सकेको छैन । 
नगरपालिकाको दमकल, सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, स्थानीयबासी, रेडियोका कर्मचारी लगायतको सहयोगमा आगो करिब २ घण्टापछि नियन्त्रणमा आएको थियो । वि.सं. २०६१ सालमा स्थापना भएको सोलु एफ.एम. हाल एक हजार वाट क्षमतामा प्रसारणमा छ । 

images
images

images
प्रकाशित मिति :फाल्गुण १७, २०७७ सोमवार - १०:४०:४९ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology