Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अबदेखि सबैतिर एउटै ‘केवाइसी’

अबदेखि सबैतिर एउटै ‘केवाइसी’

इच्छाकामना न्युज

२९, आषाढ २०८२
अबदेखि सबैतिर एउटै ‘केवाइसी’

काठमाण्डौ । अब बैङ्कपिच्छे ग्राहक पहिचान (केवाइसी) भनुपर्ने झन्झटबाट सेवाग्राहीमुक्त हुने भएका छन् । ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैङ्कका कर्मचारीको जवाफ पनि सेवाग्राहीले सुन्न नपर्ने भएको छ ।

images

बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने भएको छ ।

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिमा यस्तो व्यवस्था गरिन लागेको हो ।

जति वटा बैङ्कमा खाता खोल्यो छुट्टाछुट्टै केवाइसी भनुपर्ने बैङ्क तथा वित्तीय संस्थाको प्रावधानले सेवाग्राही हैरान भएका थिए । यसबारे सर्वत्र गुनासो आइरहेपछि राष्ट्र बैङ्कले सुधारको पहल सुरु गरेको हो ।

ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा व्यवस्था भए अनुसार केवाइसी विवरण कुनै बैङ्क तथा वित्तीय संस्थालाई आवश्यक परेको खण्डमा राष्ट्रिय परिचयपत्रबाट सहजै वित्तीय संस्थाले प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

‘बैङ्क तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान केवाइसी विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने छ । ग्राहकले कुनै एक बैङ्कमा विवरण अद्यावधिक गरेपश्चात् आवश्यक पर्ने निकायले विद्युतीय माध्यमबाट प्राप्त गर्न सक्ने पूर्वाधारको विकासका लागि समेत सहजीकरण गरिने छ,’ मौद्रिक नीतिमा उल्लेख छ ।

नयाँ प्रणाली अन्तर्गत केवाइसी विवरण उपलब्ध गराएका ग्राहकले पहिचान नम्बर प्राप्त गर्ने भएका छन् र कुनै पनि बैङ्क तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि ग्राहकको व्यक्तिगत विवरण आवश्यक परेमा सोही पहिचान नम्बरको प्रयोग गरेर केवाइसी प्रणालीबाट प्राप्त गर्ने व्यवस्था गर्न लागिएको राष्ट्र बैङ्कले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ २९, २०८२ आइतवार - ०९:१७:२१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology