काठमाण्डौ, १७ फागुन । सहिद स्मारक बी डिभिजन लिग फुटबलमा रानीपोखरी कर्नर टिम आरसिटीले जित निकालेको छ । आज भएको खेलमा आरसिटीले टुसाल युथ क्लबलाई १ – ० गोल अन्तरले पराजित गरेको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा आरसिटीलाई जित दिलाउन अजित गुरुङले निर्णायक गोल गर्नुभयो । जितसँगै आरसिटी लिगको पाँचौं स्थानमा उक्लिएको छ । आरसिटीले ८ खेलमा १२ अंक जोडेको छ । टुसाल ८ खेलमा ८ अंक जोडेर सातौं स्थानमा रहेको छ । लिगमा १२ क्लबले प्रतिस्पर्धा गरिरहेका छन् । एक टिम ए डिभिजन लिगमा बढुवा हुनेछ भने एक टिम सी डिभिजनमा घटुवा हुनेछ ।