Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनीमा संघीय मामिला मन्त्री न्यौपानेको भव्य स्वागत

आँबुखैरेनीमा संघीय मामिला मन्त्री न्यौपानेको भव्य स्वागत

इच्छाकामना न्युज

९, श्रावण २०८२
आँबुखैरेनीमा संघीय मामिला मन्त्री न्यौपानेको भव्य स्वागत
आँबुखैरेनी (तनहुँ), श्रावण ९ — संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय भगवती न्यौपानेको आज आँबुखैरेनी गाउँपालिकामा विशेष स्वागत तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाले आयोजना गरेको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कर्मचारी तथा नागरिकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।
कार्यक्रमका क्रममा मन्त्री न्यौपानेले संघीयताको प्रभावकारी कार्यान्वयन, स्थानीय तहमा देखिएका चुनौतीहरू, तथा समाधानका उपायहरूबारे गहन छलफल गर्नुभयो। उहाँले मन्त्रालयले स्थानीय तहलाई अझ सशक्त, सक्षम र स्रोत सम्पन्न बनाउन तयार गरेका योजनाहरूको जानकारी पनि दिनुभयो।
“संघीयता केवल संरचना होइन, अभ्यास र सेवामार्फत जनताको जीवनमा प्रत्यक्ष प्रभाव पार्नुपर्छ,” मन्त्री न्यौपानेले भन्नुभयो।
“स्थानीय तहहरूलाई सक्षम बनाउने कार्यमा सरकार गम्भीर छ,” उहाँको थप भनाइ थियो ।
मन्त्रीले गाउँपालिकामा हाल भइरहेको विकास निर्माणको प्रगति, स्रोत व्यवस्थापन, मानव संसाधनको अवस्था तथा सेवाप्रवाहका विषयमा समेत जानकारी लिनुभएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधिहरूले पालिकामा भइरहेको काम, समस्या तथा आवश्यकता मन्त्रीसमक्ष राखेका थिए ।
गाउँपालिका अध्यक्ष शुक्र चुमान, उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासकीय अधिकृत बुद्धिराम बस्नेत, वडाध्यक्षहरू, , शाखा प्रमुखहरू, महिला समूह, युवा तथा नागरिक समाजका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई जीवन्त बनाएको थियो ।
कार्यक्रमपछि मन्त्री न्यौपानेले पालिकाको भवन, स्वास्थ्य चौकी तथा अन्य पूर्वाधारहरूको अवलोकन समेत गर्नुभएको थियो ।

images
प्रकाशित मिति :श्रावण ९, २०८२ शुक्रवार - २२:३७:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology