Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङको भाउ बढ्यो

अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङको भाउ बढ्यो

इच्छाकामना न्युज

१५, श्रावण २०८२
अमेरिकी डलर, युरो र पाउन्ड स्ट्रलिङको भाउ बढ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर, युरोपियन युरो र युके पाउन्ड स्ट्रलिङको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १४० रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ ।

images

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९४ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६३ पैसा तथा युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ४९ पैसा र बिक्रीदर १८७ रुपैयाँ २९ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५८ पैसा र बिक्रीदर ९० रुपैयाँ ९७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ २२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ६६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रुपैयाँ २६ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७३ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३७ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ४६ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ३० पैसा र बिक्रीदर चार रुपैयाँ ३१ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ र बिक्रीदर ३८ रुपैयाँ १६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०६ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०९ पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्विडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ४५ पैसा र बिक्रीदर १४ रुपैयाँ ५१ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ५७ पैसा र बिक्रीदर २१ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

 

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७ रुपैयाँ ८६ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४५८ रुपैयाँ ९१ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ २४ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ८३ पैसा, ओमनी रियाल एकको खरिददर ३६२ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ०९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर १७३ रुपैयाँ ८१ पैसा कायम गरिएको छ ।

images
प्रकाशित मिति :श्रावण १५, २०८२ बिहिवार - १०:४८:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology