Logo

आइतवार, कार्तिक ३० गते २०८३

images
२०८३, कार्तिक ३० गते
images

रास्वपाका उपसभापति डिपी अर्यालको सुमिरे ट्राभल्सबाट कोरिया गएका उतै लुके

रास्वपाका उपसभापति डिपी अर्यालको सुमिरे ट्राभल्सबाट कोरिया गएका उतै लुके

images

इच्छाकामना न्युज

२६, श्रावण २०८२
रास्वपाका उपसभापति डिपी अर्यालको सुमिरे ट्राभल्सबाट कोरिया गएका उतै लुके
images

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद (डिपी) अर्यालको सुमिरे टुर एन्ड ट्राभल्सबाट भिजिट भिसामा कोरिया र डेनमार्क पुगेका केही व्यक्ति उतै लुकेको पाइएको छ। नेपाल स्काउटको लोगो देखाई टिकट काटेर गएका उनीहरू उतै लुकेका हुन्।

नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले दर्जनौं ट्राभल एजेन्सीले भिजिट भिसामा पठाएका नागरिकको विवरण अनुसन्धान गर्ने क्रममा यो तथ्य फेला पारेको हो। ब्युरोले भने यो विषयलाई गोप्य राख्न खोजेको छ। ब्युरोका एक अधिकारीका अनुसार स्काउट प्रतिनिधिहरूलाई यो विषयमा सोधपुछ गरिएको छ।

स्रोतले दिएको विवरण अनुसार स्याङ्जाका कानुन लामिछाने डेनमार्क पुगेर फर्केका छैनन्। उनीसहित २० जना स्काउटको कार्यक्रममा भाग लिन डेनमार्ग पुगेका थिए। उनीसँग धेरैजसो विद्यार्थी गएका थिए। विद्यार्थी भने फिर्ता आएको तर लामिछाने उतै बसेको बताइएको छ।

त्यसैगरी सन् २०२३ मा दक्षिण कोरियामा भएको विश्व स्काउट ज्याम्बोरीमा सहभागी हुन एक सय ६३ जना गएका थिए। त्यसमध्येका तीन जना उतै लुकेका थिए। उतै लुक्नेमा मेगाकुमारी रेउले, पाल्देन तामाङ र सचिन थोकर हुन्। त्यहाँ सुरुमा रसिला राई लुके पनि केही समयपछि नै फर्केकी थिइन्। आफ्नै खर्च हुने भएकाले उनीहरूमध्ये ९५ प्रतिशतले सुमिरे ट्राभल्सबाट टिकट लिएका थिए।

images
प्रकाशित मिति :श्रावण २६, २०८२ सोमवार - ०९:१८:३२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology