Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

बागमती प्रदेशका ५ सचिवको सरुवा

बागमती प्रदेशका ५ सचिवको सरुवा

इच्छाकामना न्युज

२९, श्रावण २०८२
बागमती प्रदेशका ५ सचिवको सरुवा

२९ साउन, हेटौंडा । संघीय सरकारले बागमती प्रदेशका पाँच जना प्रदेश सचिवको एकैपटक सरुवा गरेको छ ।

images

गत सोमबार २६ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले एकैपटक ७२ जना सहसचिवहरुको सरुवा गर्दा बागमती प्रदेशका पाँच जना परेका हुन् ।

सरकारले बागमतीबाट पाँच जना प्रदेश सचिवको सरुवा गर्दा चार जनालाई मात्रै पठाएको छ । बागमतीले विगतदेखि नै प्रदेश सचिवहरुको अभाव झेल्दै आएको छ ।

बागमती प्रदेशमा हाल कार्यरत् आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव कृष्णप्रसाद मैनालीको सरुवा भएको छ । उनी सूचना तथा सञ्चार प्रविधि मन्त्रालय पुगेका छन् ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव अमृत श्रेष्ठको राष्ट्रिय विपाद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, सिंहदरबारमा सरुवा भएको छ ।

सामाजिक विकास मन्त्रालयका सचिव बिनु बज्राचार्य कुंवरको गृह मन्त्रालयमा सरुवा भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रदेश सचिव उदयबहादुर रानामगरको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएको छ ।

खानेपानी ऊर्जा तथा सिचाईं मन्त्रालयका सचिव मोहनकुमार शाक्य सरुवा भएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय कर्णाली प्रदेश पुगेका छन् ।

यसैगरी, सरकारले अन्य प्रदेश र संघ सरकार मातहतका कार्यालयमा कार्यरत् चार जना सहसचिवलाई बागमती प्रदेश सचिवको रुपमा सरुवा गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय कर्णाली प्रदेशका सचिव इन्द्रदेव भट्टको बागमती प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा भएको छ ।

कर्णाली प्रदेशको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयका सचिव ईश्वरचन्द्र मरहठ्ठा, मध्यमस्तरीय करदाता कार्यालय काठमाडौंबाट पार्वती शर्मा र लुम्बिनी प्रदेशको युवा तथा खेलकुद मन्त्रालयका सचिव बलराम ढकालको बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएको हो ।

images
प्रकाशित मिति :श्रावण २९, २०८२ बिहिवार - ०८:४८:२५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology