काठमाडौं । बहुप्रतिक्षित नेपाली चलचित्र ‘बलिदान’ को आधिकारिक टिजर सार्वजनिक भएको छ। एक मिनेट ५० सेकेण्डको टिजरमा अन्यायविरुद्ध आवाज देखाइएको छ । चलचित्रका मुख्य अभिनेता समिर भट्ट एक्सन अवतारमा उत्रिएका छन् ।
सन्तोष सेनद्वारा निर्देशित र दर्शन जी द्वारा लिखित ‘बलिदान’ मा समीर भट्टसहित सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, हेमन्त बुढाथोकी, कविता राया, कामेश्वर चौरासिया, प्रजल दुलाल, जीवन बराल र रितेश जंग पौडेल ल
चलचित्रका निर्माता पवन ब्राडफोर्ड विष्ट हुन् भने प्रेम पुरी कार्यकारी निर्माताका रूपमा रहेका छन्। यसको क्रिएटिभ डिरेक्सन सन्देश भुर्तेलले गरेका छन् र संगीतको पाटो सुजन चापागाईंले सम्हालेका छन्।
टिजर सार्वजनिक भएसँगै दर्शकमाझ चलचित्रको उत्सुकता बढेको छ। ‘बलिदान’ २०२५ को बहुप्रतिक्षित चलचित्रमध्ये एक बन्ने अनुमान गरिएको छ।
गायतका कलाकारहरूको दमदार अभिनय रहेको छ।