Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एमबाप्पेको गोलमा रियलको विजयी सुरुवात

एमबाप्पेको गोलमा रियलको विजयी सुरुवात

इच्छाकामना न्युज

४, भाद्र २०८२
एमबाप्पेको गोलमा रियलको विजयी सुरुवात

एजेन्सी । रियल मड्रिडले जितबाट ला लिगाको नयाँ सिजनको सुरुवात गरेको छ। मंगलवार भएको आफ्नो पहिलो खेलमा रियलले ओसासुनालाई १-० ले पराजित गरेको छ।

images

केलियन एम्बाप्पेले ५१औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै खेलको निर्णायक बन्यो। दायाँ विंगबाट बल अघि बढाएका एमबाप्पेलाई ओसासुनाका डिफेन्डरले फाउल गरेपछि रियलले पेनाल्टी प्राप्त गर्यो। खेलमा रियलको पूर्ण नियन्त्रण भएपनि थप गोल भएन। यो खेल रियलका नयाँ प्रशिक्षक साबी अलोन्सोको पनि पहिलो आधिकारिक लिग खेल हो ।

अलोन्सोले नयाँ सिजनका ३ नयाँ डिफेन्डर आल्भारो कार्रेरास, ट्रेन्ट अलेक्ज्यान्डर–आर्नोल्ड, र डिन होइसेनलाई पहिलो रोजाइमै राखे। उनले कार्लो एन्सेलोटीको ठाउँ लिँदै क्लब वर्ल्ड कप अघि नै क्लब सम्हालेका थिए। एन्सेलोटीले ब्राजिलको राष्ट्रिय टोली सम्हाल्न रियल छाडेका थिए।

ओसासुनाका एक खेलाडी अन्तिम समयमा रातो कार्ड पाए। रियलका युवा खेलाडी फ्राङ्को मस्तान्तुआनोले दोस्रो हाफमा मैदान प्रवेश गर्दै समर्थकको ध्यान खिचे। रियल धेरै राम्रो मौका बनाएको थियो भने ओसासुनाले रक्षात्मक खेल्यो।

पहिलो हाफमा एम्बाप्पेको अर्को प्रहार पोष्टमाथिबाट गएको थियो। गत सिजन रियल लिगमा बार्सिलोनापछि दोस्रो भएको थियो। ओसासुना नवौँ स्थानमा रहेको थियो।बार्सिलोनाले जितबाट नै लिगको सुरुवात गरिसकेको छ।

images
प्रकाशित मिति :भाद्र ४, २०८२ बुधवार - ०९:४२:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology