Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

व्यापार व्यवसायमा पनि विकल्प खोज्नुपर्ने गुरुङ समुदायका सफल व्यवसायीहरुको भनाई

व्यापार व्यवसायमा पनि विकल्प खोज्नुपर्ने गुरुङ समुदायका सफल व्यवसायीहरुको भनाई

इच्छाकामना न्युज

२६, आश्विन २०७७
व्यापार व्यवसायमा पनि विकल्प खोज्नुपर्ने गुरुङ समुदायका सफल व्यवसायीहरुको भनाई

काठमाडौं, २६ असोज ।  गुरुङसमुदायको पुख्र्यौली पेशा जस्तै बनेको छ, लाहुरे । त्यो परम्परालाई तोडेका गुरुङसमुदायका सीमित व्यक्तित्वहरुले व्यापार र व्यवसायमा पनि सफलता हात पारेका छन् । 
गुरुङसमुदायका ती नै सफल व्यक्तित्वहरु युवालाई व्यापार र व्यवसायमा विकल्प खोज्न सुझाव दिन्छन् । त्यसका लागि कडा परिश्रम र धैर्यता आवश्यक पर्ने उनीहरुको सुझाव छ । 
भाटभटेनी सुपर मार्केटका सञ्चालक मिनबहादुर गुरुङ आफ्नै कामले सिकेर अघि बढ्नुपर्ने बताउँछन् । ‘मान्छेलाई कामले नै सिकाउने हो । सिक्दै अघि बढ्नुपर्दछ’, उनी भन्छन् । 
अन्तर्राष्ट्रिय तमू परिषद्को आयोजनामा जारी दोस्रो अन्तर्राष्ट्रिय तमू (गुरुङ) सम्बाद शृंखलाको अन्तिम दिन सोमबार पहिलो सेसनमा यी सफल व्यवसायीले आफ्नो अनुभव बाढेका हुन् । उनले व्यवसाय सुरु गर्दा धेरै चुनौतीको सामना गर्नु परेको पनि सुुनाए । 
‘गुरुङसमुदायबाट यस्तो व्यापार व्यवसायमा कोही थिएन । एक्कासी मैले सुरु गर्दा को आयो कहाँबाट आयो भनेर होला धेरैले समस्या सिर्जना गर्ने प्रयास गरे । नक्कली सामान बेच्योसम्म भन्न आए’, उनी भन्छन्, ‘तर, चुनौतीको सामना गरेर अघि बढ्नु पर्दछ । तपाई इमान्दार हुनुपर्दछ । कडा मेहनत गर्नुपर्दछ । सफलता प्राप्त हुने छ ।’
श्रीमतीको गहना बेचेर ३६ वर्षअघि थोरै पूँजीले भाटभटेनीको सुरुवात गरेका उनी आफ्नो यही मन्त्र पछ्याउँदा सफलता मिलेको सुनाउँछन् । 
गुरुङसमुदायका अर्का सफल व्यवसायी जापान मनी एक्सप्रेसका अध्यक्ष ओम गुरुङले आफ्नो क्षमता हेरेर त्यसअनुसार व्यापार व्यवसाय रोज्न सुझाव दिनुभयो । ‘धेरैले अरुले गरेको हेरेर त्यस्तै गर्न खोज्छन् । यस्तो व्यवहारले केहीलाई त सफलता देला तर धेरैलाई फाइदा गर्दैन’, जापानबाट ओमले भने, ‘पहिला आफ्नो क्षमता हेर्नुहोस् । तपाईमा के खुबी छ? त्यसअनुसार आफ्नो व्यवसाय रोज्नुहोस् । त्यसले तपाईलाई सफलता दिने छ ।’
आफ्नो काममा पूर्ण विश्वास गरेर अघि बढ्न उनको सुझाव छ । ‘तपाईले केही कामको सुरुवात गर्न थाल्नुभयो भने कसैले विश्वास गर्दैन । हाम्रो समुदायमा यस्तै संस्कार छ’, उनी भन्छन्, ‘पहिलो कुरा तपाईले सुरुवात गर्नुभएको काममा पूर्ण विश्वास गरेर अघि बढ्नुहोस् । आफूले कुनै गल्ती गरेको छैन भन्ने निश्चत गर्नुहोस् र त्यो कुरामा परिवारलाई मनाएर अघि बढ्नुहोस् । सफलता मिल्ने छ ।’
बेलायत बसाई त्यागेर नेपालमै व्यवसाय गर्न फर्किएका गण्डकी रेन्बो ट्राउटका सञ्चालक लक्षिन गुरुङको अनुभव पनि उस्तै छ । उनी नेपालमा धेरै गर्न सकिने बताउँछन् । व्यवसायमा सफलता प्राप्त गर्नका लागि भने बजारीकरण गर्न र धैर्यता राख्न सक्नु पर्ने उनको सुझाव छ । 
‘व्यवसाय सुरु गरेपछि आजको भोली नै सफलता प्राप्त हुन्छ भन्ने पनि छैन । यसका लागि कडा मेहनत त गर्नुनै पर्छ । त्यसका साथै धैर्यता पनि कायम गर्न सक्नुपर्दछ’, उनी भन्छन्, ‘त्यसका साथै आफ्नो उत्पादनको बजारीकरण गर्न जान्नुपर्दछ । त्यसले नै आफ्नो व्यवसायलाई सफल बनाउने छ ।’ बजारीकरण गर्न नजान्दा आफूले सुरुवातमा समस्या व्यहोर्नुपरेको सुनाए ।

images

images
प्रकाशित मिति :आश्विन २६, २०७७ सोमवार - १९:११:०९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology