Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड ३-२ ले विजयी

इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड ३-२ ले विजयी

एजेन्सी

१५, भाद्र २०८२
इङ्लिस प्रिमियर लिग: म्यानचेस्टर युनाइटेड ३-२ ले विजयी

कप्तान ब्रुनो फर्नान्डेजको पेनाल्टी गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा महत्वपूर्ण जित हात पारेको छ। शनिबार राति ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडले बर्नलीमाथि ३–२ को सघंर्षपूर्ण जित हात पारेको हो। पहिलो हाफको २७ औँ मिनेटमा बर्नलीका कुलेनको आत्मघाति गोलमा युनाइटेडले सुरुवाती अग्रता बनाएको थियो। 

images

खेलको ५५ औँ मिनेटमा लाइन फोस्टरको गोलमा बर्नली खेलमा फर्किएको थियो। तर ५७ औँ मिनेटमा ब्रायन एमबेउमोको गोलमा युनाइटेडले पुनः अग्रता बनाएको थियो। खेलको ६६ औँ मिनेटमा जैडन एन्थोनीको गोलमा बर्नली पुनः बराबरीको अवस्थामा आएको थियो। 

खेलमा थप गरिएको सातौँ मिनेटमा ब्रुनो फर्नान्डेजले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई लिगमा पहिलो जित दिलाए। गएराति नै भएको अर्को खेलमा फुलहामलाई २–० ले हराउँदै चेल्सी अंक तालिकाको शीर्ष स्थानमा उक्लेको छ। 

स्ट्यामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि जोआओ पेड्रो र इन्जो फर्नान्डेजले गोल गरे। लिगमा अपराजित रहेको चेल्सी ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ। 

गएराति भएको अन्य खेलमा सन्डरल्यान्डले ब्रेन्टफोर्डलाई २–१ ले तथा एभर्टनले वुल्भ्सलाई ३–२ ले हराउँदै हराएका छन्। यस्तै वर्नमाउनले टोटनह्यामलाई १–० ले हराउँदा लिड्स र न्यु क्यासलले गोलरहित बराबरी गर्दै अंक बाँडे।

images
प्रकाशित मिति :भाद्र १५, २०८२ आइतवार - ०७:४०:१६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology