इच्छाकामना । संघीय संसदमा विचाराधीन विद्यालय शिक्षा सम्बन्धी विधेयक २०८० का केही प्रावधानमा पुनर्विचार गर्न इच्छाकामना उद्योग वाणिज्य संघले सरकार र सरोकारवालाहरुलाई आग्रह गरेको छ। करिब ३४ प्रतिशत शिक्षा क्षेत्रमा योगदान दिएको निजि क्षेत्रलाई हतोत्साहित गर्ने गरि विद्यायक ल्याएकाले पुर्नविचार गर्न आग्रह गरेका हुन् ।
संघका अध्यक्ष कल्याण गुरुङद्वारा जारी विज्ञप्तिमा भनिएको छ ,निजी विद्यालयलाई शिक्षाको राष्ट्रिय विकाससँग अपरिहार्य रूपमा जोडिएको क्षेत्र भन्दै सो विधेयकका कतिपय प्रावधानप्रति आपत्ति प्रकट गरिएको छ । विज्ञप्तिमा भनिएको छ– “सरकारी स्वामित्वमा रहेका विद्यालयजस्तै निजी विद्यालयलाई पनि समान रूपले सम्बोधन गर्नुपर्नेमा विधेयकमा विभेदपूर्ण व्यवहार गरिएको छ ।”
संघका अनुसार मुलुकभर करिब ३४ प्रतिशत विद्यार्थी निजी विद्यालयमार्फत शिक्षा हासिल गर्दै आएका छन् भने यसले पाँच लाखभन्दा बढी व्यक्तिलाई रोजगारी सिर्जना गरेको छ । निजी क्षेत्रको लगानी र योगदानलाई उपेक्षा गर्नु शिक्षा क्षेत्रमा नकारात्मक असर पार्ने चेतावनी संघले दिएको छ ।
विज्ञप्तिमा विधेयकका कतिपय प्रावधानले सामुदायिक र निजी विद्यालयबीच असमानता ल्याउने, दण्डात्मक व्यवस्था केन्द्रित गर्ने र दीर्घकालीन रूपमा गुणस्तरीय शिक्षामा असर पु¥याउने आशंका व्यक्त गरिएको छ । संघले शिक्षा नीतिलाई राजनीतिक भन्दा बढी सामाजिक न्याय र गुणस्तरसँग जोड्नुपर्ने सुझावसमेत दिएको छ ।
विज्ञप्ती
