Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

मलअभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था नआउने मन्त्री अर्यालको दाबी 

मलअभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था नआउने मन्त्री अर्यालको दाबी 

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
मलअभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्था नआउने मन्त्री अर्यालको दाबी 
images

काठमाण्डौ, २० फागुन । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मलअभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको छ । आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्याललेसातै प्रदेशमा मलभण्डारणको व्यवस्था गरिने बताउनुभयो ।

images
images

तत्कालिन समाधानको रुपमा अहिले गरिएको व्यवस्थापन, मध्यकालिन समाधानको रुप्मा मासिक कार्यतालिकाको आधारमा मलको सहज आपुर्ती र दिर्घकालिन समाधानका लागि मल उत्पादन गर्ने कारखाना स्थापना गर्नेगरी मन्त्रालय अघि बढेको उहाँको भनाइ छ ।

यस आर्थिक वर्षका लागि बिनियोजित ११ अर्ब बजेटबाट २ लाख ८२ हजार ५ सय मेट्रिक टन युरिया, २ लाख २ हजार ५ सय मेट्रिक टन डिएपी र१५ हजार मेट्रिक टन पोटास गरी ५ लाख मेट्रिक टन मल आयात गरिने मन्त्री अर्यालले बताउनुभयो ।

यस आर्थिक वर्षमा १ लाख ८७ हजार मेट्रिक टन मल बिक्री भइसकेको र १ लाख ६२ हजार मेट्रिक टन मल स्टक र नेपाल भित्रिने क्रममा रहेको मन्त्रालयले जनाएको छ । गत वर्ष जम्मा ३ लाख ९४ हजार ६ सय मेट्रिक टन मल विक्रि भएको थियो । 

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:२०:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology