Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

धरानको भाटभटेनीमा चोरी गर्न गएका ४ जना आगलागी मृत्यु, डढेको अवस्थामा शव भेटियो

धरानको भाटभटेनीमा चोरी गर्न गएका ४ जना आगलागी मृत्यु, डढेको अवस्थामा शव भेटियो

इच्छाकामना न्युज

२७, भाद्र २०८२
धरानको भाटभटेनीमा चोरी गर्न गएका ४ जना आगलागी मृत्यु, डढेको अवस्थामा शव भेटियो

विराटनगर । धरानस्थित भाटभटेनी सुपरमार्केटमा मंगलबार राति भएको आगजनीपछि शुक्रबार थप अनुसन्धानका क्रममा चार जनाको शव जलेको अवस्थामा फेला परेको छ।

images

पहिले तीन शव भेटिएको सूचना सार्वजनिक भए पनि पछिल्लो अपडेटअनुसार दोस्रो तल्लाबाट एक र तेस्रो तल्लाबाट तीन गरी चार शव फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जवेगुले मृतकको पहिचान खुलेको छैन भने उनीहरू लुटपाटको क्रममा फसेको आशंका गरिएको जानकारी दिएका छन्। शवहरू पूर्ण रूपमा जलेका कारण लिंग र उमेर समेत यकिन हुन नसकेको प्रहरीले जनाएको छ।

मंगलबारको अराजक प्रदर्शनमा भाटभटेनीमा तोडफोड र लुटपाटपछि भीषण आगलागी भएको थियो, जुन लामो समयसम्म निभाउन सकिएको थिएन। हाल शवको पहिचानका लागि अनुसन्धान जारी छ।

images
प्रकाशित मिति :भाद्र २७, २०८२ शुक्रवार - १८:३४:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology