Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबको संघर्षपूर्ण जित 

‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबको संघर्षपूर्ण जित 

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबको संघर्षपूर्ण जित 
images

काठमाण्डौ, २० फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा श्री भगवती क्लबले संघर्षपूर्ण जित निकालेको छ । आज भएको खेलमा श्री भगवतीले झम्सिखेल युथ क्लबलाई ३–२ गोल अन्तरले पराजित गरेको हो ।

images
images

एन्फा कम्प्लेक्स सातदोबाटोमा श्री भगवतीलाई जित दिलाउन नवराज गुरुङ र मोहन बहादुर थापा मगरले एक एक गोल गर्नुभयो । श्री भगवतीले एक गोल आत्मघाती उपहार पाएको थियो । झम्सिखेलका मदन स्याङ्तान र अनिश चौधरीले एक एक गोल फर्काउनुभयो । खेलको ११ औं मिनेटमा सुनिल शाहीको आत्मघाती गोलबाट श्री भगवतीले अग्रता बनाएको थियो ।

तर, खेलको ३२ औं मिनेटमा मदनले गोल गर्दै झम्सिखेललाई १–१ गोलको बराबरीमा ल्याउनुभयो । खेलको ५६ औं मिनेट नवराजले गोल गर्दै फेरि श्री भगवतीलाई २–१ को अग्रता दिलाउनुभयो । खेलको ६८ औं अनिशले गोल गर्दै झम्सिखेललाई २–२ गोलको बराबरीमा ल्याउनुभयो । त्यसपछि खेलको ८२ औं मिनेटमा मोहनले गोल गर्दै श्री भगवतीलाई ३–२ को जित दिलाउनुभयो ।

यस जितसँगै श्री भगवती लिगको आठौं स्थानमा उक्लिएको छ । श्री भगवतीले ९ खेलमा ९ अंक जोडेको छ । झम्सिखेल ९ खेलमा ६ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:२६:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology