Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

फागुन २२ गते ओली समूहले संसदीय दलको बैठक बोलायो, प्रचण्ड–माधव समूहलाई पनि एसएमएस पठायो

फागुन २२ गते ओली समूहले संसदीय दलको बैठक बोलायो, प्रचण्ड–माधव समूहलाई पनि एसएमएस पठायो

इच्छाकामना न्युज

२०, फाल्गुण २०७७
फागुन २२ गते ओली समूहले संसदीय दलको बैठक बोलायो, प्रचण्ड–माधव समूहलाई पनि एसएमएस पठायो
images

काठमाडौं, २० फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि फागुन २२ गते संसदीय दलको बैठक बोलाएका छन् । सर्वोच्च अदालतले संसद विघटन बदर गरेपछि सरकारले संसद बैठक फागुन २३ गते बोलाएको हो ।

images
images

नेकपा ओली समूहका संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईका अनुसार त्यसको अघिल्लो दिन दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

बैठकमा सहभागी हुन भनी सबै १७३ सांसदलाई एसएमएसमार्फत सूचना दिइएको र प्रचण्ड–माधव समूहमा रहेका सांसदहरुलाई पनि एसएमएस पठाइएको बताइएको छ ।

प्रमुख सचेतक भट्टराईले पठाएको एसएसएसमा भनिएको छ, ‘माननीय सांसदहरु, २२ गते ३ बजे ल्होत्से हलमा दलका नेता सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बैठक बस्ने हुँदा उपस्थितिका लागि अनुरोध छ’ ।

प्रचण्ड माधव समूहले भने बुधबार मात्र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रमुख सचेतक भट्टराईसहित ७ जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको थियो ।

images
प्रकाशित मिति :फाल्गुण २०, २०७७ बिहिवार - २०:४१:११ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology