Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै

देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै

इच्छाकामना न्युज

३०, भाद्र २०८२
देशभरका १ सय ५३ ठाउँबाट सहुलियत मूल्य पसल सञ्चालन हुँदै

काठमाण्डौ । सरकारले आजदेखि देशका एक सय ५३ ठाउँबाट चाडपर्व लक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्दैछ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत चाडपर्वलक्षित सहुलियत मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

images

सहुलियत मूल्य पसलबाट प्रतिकिलो/प्रतिलिटरमा पाँचदेखि १० रुपैयाँसम्म छुट हुने सरकारले जनाएको छ । काठमाण्डौ उपत्यकाका थापाथली, रामशाहपथ, नक्खु र सूर्यविनायक, दक्षिणकाली, गोदावरी र चाँगुनारायण नगरपालिकामा बिक्री कक्ष राखिने छन् । उपत्यकामा ११ ठाउँमा र तीन मोबाइल भ्यानसहित गरी १४ ठाउँमा पसल सञ्चालन हुनेछ ।

यस्तै काठमाण्डौ उपत्यकाबाहिर धनगढी, कैलालीको टिकापुर र अत्तरिया, कञ्चनपुरको बेलौरी, डोटीको दिपायल, सुर्खेतको वीरेन्द्रगनर, झापाको बिर्तामोड, मोरङको बिराटनगर, सप्तरीको राजविराज, सिरहाको लहान, धनुषाको जनकपुुर, पर्साको वीरगञ्ज, मकवानपुरको हेटौडा, चितवनको नारायणगढ, नुवाकोटको त्रिशुलीमा यस्तो सुपथ मूल्य पसल सञ्चालन हुनेछ ।

कास्कीको पोखरा, बाग्लुङको बाग्लुङ, रुपन्देहीको भैरहवा, कपिलवस्तुको कृष्णनगर, दाङको दाङ र डडेलधुराको डडेलधुरामा सुपथ मूल्य पसल सञ्चालन हुँदैछ । यस्तै बाजुरा, डोटी, बैतडी, सुर्खेत, जाजरकोट, जुम्ला, मुगु, बझाङ, कञ्चनपुर, अछाम र दार्चुलामा पनि सुपथ मूल्य पसल सञ्चालन हुने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र ३०, २०८२ सोमवार - १०:०३:४२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology