Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई, कतार, ओमान र सामोआसँग खेल्ने

टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई, कतार, ओमान र सामोआसँग खेल्ने

इच्छाकामना न्युज

२५, आश्विन २०८२
टी–२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले यूएई, कतार, ओमान र सामोआसँग खेल्ने

काठमाण्डौ । समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको नेपालले सुपर सिक्समा यूएई, कतार, ओमान र सामोआसँग खेल्ने भएको छ ।

images

हिजो भएको समूह ‘बी’ को अन्तिम खेलमा नेपालले जापानलाई ५ विकेटले हरायो । नेपाल र जापानले आफ्नो पहिलो खेलमा कुवेतलाई हराउँदै यसअघि नै सुपर सिक्समा पुगिसकेका थिए । कुवेत भने समूह चरणबाटै बाहिरिइसकेको छ ।

सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् । जापानलाई हराएसँगै नेपालले सुपर सिक्समा २ अंक जोडेको छ । अब नेपालले जापानसँग सुपर सिक्समा खेल्न पर्ने छैन । अब नेपालले सुपर सिक्समा भोलि समूह ‘ए’ को विजेता यूएई र पर्सि उपविजेता कतारसँग खेल्नेछ ।

यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष ३ मा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

images
प्रकाशित मिति :आश्विन २५, २०८२ शनिवार - ०९:१७:३० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology