Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

विश्वकप छनोटमा आज नेपालले कतारसँग खेल्दै

विश्वकप छनोटमा आज नेपालले कतारसँग खेल्दै

इच्छाकामना न्युज

२७, आश्विन २०८२
विश्वकप छनोटमा आज नेपालले कतारसँग खेल्दै

काठमाडौं : आइसिसी टी - २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले सुपर सिक्सको दोस्रो खेलमा आज कतारसँग खेल्दैछ। 

images
नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार बेलुकाको ८:४५ बजे ओमानस्थित अल अमेरोत क्रिकेट स्टेडियमको ट्रफ १ मा हुनेछ ।
 
सुपर सिक्सअन्तर्गतको पहिलो खेलमा युएईविरुद्ध एक रनको रोमाञ्चक जित निकालेको नेपाल अपराजित यात्रा कायम राख्न चाहन्छ। 
 
कतार भने सुपरसिक्स अन्तर्गतको पहिलो खेलमा ओमानसँग पराजित भएको थियो। प्रतियोगिता सुरु हुनु अगाडि नेपाल र कतारले वार्म अप खेल खेलेका थिए। जसमा नेपालले कतारलाई १६ रनले हराएको थियो। 

नेपालले सुपरसिक्स अन्तर्गतको तेस्रो खेल बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।

images
प्रकाशित मिति :आश्विन २७, २०८२ सोमवार - ०९:११:१७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology