Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

बेनिघाट रोराङको चण्डिदेवी आधारभुत विद्यालयमा कार्यालय सहयोगीको समेत खेताला !

बेनिघाट रोराङको चण्डिदेवी आधारभुत विद्यालयमा कार्यालय सहयोगीको समेत खेताला !

नियुक्ती एउटाको नाममा, काम अर्कैले गर्ने

images

इच्छाकामना न्युज

१, कार्तिक २०८२
बेनिघाट रोराङको चण्डिदेवी आधारभुत विद्यालयमा कार्यालय सहयोगीको समेत खेताला !
images

धादिङ । पहिले पहिले दुर्गमका विद्यालयहरुमा खेताला शिक्षक राख्ने प्रचलन अत्याधिक थियो । देश संघियतामा गएसँगै स्थानीय तह स्थापना भएपछि यो क्रम करिब करिब शुन्य भएको अवस्था हो । किनकी शिक्षक व्यवस्थापनको अधिकार अहिले स्थानीय तहले पाएको छ । 

खेताला शिक्षक राख्ने प्रवित्ति पछिल्लो समय शुन्य हुदै गएपनि धादिङको बेनिघाट रोराङ गाउँपालिकामा रहेको एक विद्यालयमा भने अनौठो प्रवित्ति देखिएको छ । बेनिघाट रोराङ गाउँपालिकाको वडा नं. २ स्थित लाइपुरमा रहेको चण्डिदेवी आधारभुत विद्यालयमा कार्यालय सहयोगीको समेत खेताला कार्यालय सहयोगी राखिएको पाईएको छ । 
उक्त विद्यालयमा कार्यालय सहयोगीको रुपमा २०७५ सालमा नियुक्त भै कार्यरत सोही स्थानका शर्मिला आले मगरले आफ्नो सट्टामा सोही वडाको कार्कीडाडा निवासी सेतीमाया लोहनीलाई कार्यालय सहयोगी राखि काम गराईएको पाईएको छ । उनले भदौ पहिलो सातादेखि दशै अवधिभर करिब दुई महिना विद्यालयमा अनुपस्थित रहि खेताला कार्यालय सहयोगी मार्फत आफ्नो सट्टाको काम गराएको हो । 

भदौ पहिलो सातादेखि विद्यालय नगएका उनले एकैपटक असोजको तेस्रो हप्ता अर्थात दशैं विदापछि विद्यालय खुलेपछि बल्ल विद्यालयमा हाजिर गर्न पुगेकी थिइन् । त्यसपछि पनि ३ दिन विद्यालयमा हाजिर भै पुनः असोज २६ गतेदेखि काठमाण्डौ गएर विद्यालयमा अनुपस्थित भएकी छिन् । यो समाचार तयार पार्दासम्म उनी विद्यालयमा हाजिर हुन गएकि छैनन् भने तिहार अघि विद्यालय खुल्ने दिन कार्तिक २ गते आईतबार एक दिन मात्र रहेको छ । 

हामीलाई प्राप्त सूचना अनुसार उक्त विद्यालयका कार्यालय सहयोगी शर्मिला आले मगर ललितपुरको एक कन्सल्टेन्सीमा जापानिज भाषा कक्षामा भर्ना भै पढिरहेकी छिन् । विगत ३ महिनादेखि उनी उक्त कन्सल्टेन्सीमा पढिरहेकोले विद्यालयमा अनुपस्थित भएकी हुन् । 

उनी लामो समयदेखि विद्यालयमा उपस्थित नभएको र आफ्नो सट्टामा खेताला कार्यालय सहयोगी राखेको विषयमा उनको व्यक्तिगत मोबाईल नम्बरमा सम्पर्क गरेर कुराकानी गर्दा यो कुरा स्वीकार गरेकी छिन् । कुराकानीको सुरुवातमा बिरामी भएर उपचारको लागि विदा लिइएको बहाना बनाएकी उनलाई हामीले सबैकुराको बेलिविस्तार लगाएर प्रश्न गरेपछि भदौ पहिलो हप्तादेखि ललितपुरमा बसेर जापनिज भाषा पढिरहेको स्वीकार गरेकी हुन् । 

यसरी नियम विपरित तपाईले कसरी छुट्टि लिनु भो र सट्टा कार्यालय सहयोगीको रुपमा अर्कालाई काम गर्न पठाउनुभो भनि गरिएको प्रश्नमा उनले लामो समयदेखि आफुले उक्त विद्यालयमा सेवा दिईरहेको र विदा नलिएकोले अहिले विदा लिएको र आफु नहुदा विद्यालयमा काम गर्न असहज नहोस् भनेर विद्यालयसँगै अनौपचारिक छलफल गरेर आफ्नो सट्टामा अरुलाई काम गर्न लगाईएको र आफ्नो तलब सुविद्याबाट उनलाई पारिश्रमिक दिएको कुरा बताईन् । 

यसरी हेर्दा उनले विद्यालयमा अनुपस्थित भएको सबै दिनको उपस्थितिमा हाजिर गरेको देखिन्छ । यस विषयमा विद्यालयका प्रध्यानाध्यापक भिम बहादुर मगरसँग फोन सम्पर्क गर्दा उनी विद्यालयमा लामो समयसम्म विदामा बसेको र उनको सट्टामा अर्कोले काम गरेको बताए । यसरी नियम विपरित कार्यालय सहयोगीलाई लामो समय विदा दिने र सट्टामा अर्कोले काम गर्न मिल्छ भनी सोधिएको प्रश्नमा प्रध्यानाध्यापक मगरले प्रतिक्रिया दिन सकेनन् । यद्यपी उनले कार्यालय सहयोगी शर्मिला आले मगरले विदामा गै ललितपुरमा जापानिज भाषा पढिरहेको भने स्वीकार गरेका छन् भने उनैले विद्यालयमा अनुपस्थित भएको हाजिर समेत गरेको बताए । 

यसैबिच बेनिघाट रोराङ गाउँपालिकाका शिक्षा शाखाका स्रोतव्यक्ति रामेश्वर पोखरेलसँग प्रतिक्रिया लिदा यस विषयमा आफुलाई थाहा नभएको भन्दै अनविज्ञता प्रकट गरेका छन् । उनले फोन सम्पर्कमा कुरा गर्दै यदि विद्यालयले त्यस्तो काम गरेको भए यो नियमविपरित भएको र भोली नै यस विषमा बुझेर आवश्यक दोषीलाई थप कारबाही अगाडी बढाउने बताए । ‘पहिलो कुरा करारको कर्मचारीले अन्य स्थायी दरबन्दीको शिक्षक सरह विदाको सुविधा पाउदैन, यसैले संचित र लामो विदा पाउने भन्ने नै छैन, त्यस्तै आफ्नो अनुपस्थितिको सट्टा अर्कोलाई काम लगाउनै मिल्दैन यो नियम विपरित हो, यस्तो भएको भए दोषीलाई तत्काल कारवाही हुन्छ’ –उनले भने । 

यस विषयमा हामीले उक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अप्सरा मगर र सट्टा कार्यालय सहयोगीको रुपमा काम गरेकी सेतिमाया लोहनीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन । 

पुनश्चः यस विषयमा हामीले सरोकारवालाहरुसँग गरिएको कुराकानीको रेकर्डका साथै समाचारसँग सम्बन्धि सम्पूर्ण प्रमाणहरु हामीसँग सुरक्षित रहेको व्यवहोरा जानकारी छ ।

images
प्रकाशित मिति :कार्तिक १, २०८२ शनिवार - २२:२३:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology