Logo

सोमवार, आश्विन १२ गते २०८३

images
२०८३, आश्विन १२ गते
images
images

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित

रासस

१५, कार्तिक २०८२
भोजपुरका किसान व्यवसायिक चिया खेतीमा आकर्षित
images

भोजपुर ।  भोजपुरमा अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । टेम्केमैयुङ गाउँपालिका–३ का सरमान गिरी एक दशकभन्दा बढी समयदेखि चियाको व्यावसायिक खेती गर्दै स्थानीयस्तरमा उदाहरणीय बन्नु भएको छ । 

images
images

उहाँले हाल आफ्नो करिब ८० रोपनी क्षेत्रफलमा चिया खेती विस्तार गर्नुभएको छ । विगतमा हातैले प्रशोधन गर्दै आउनु भएका उहाँले विसं २०७६ बाट गरस चिया उद्योग सञ्चालनमा ल्याउनु भएको हो । जिल्लामा चियाको क्षेत्रमा यो पहिलो उद्योग हो । अर्गानिक चिया उत्पादन गर्ने लक्ष्यले व्यावसायिक खेतीमा जुटेको उहाँको भनाइ छ ।

उद्योगबाट हरियो चिया (ग्रीन टि), कालो चिया र सिल्भर चिया उत्पादन गदै आएको उहाँले बताउनुभयो । उद्योगले नेपाल चिया तथा कफी विकास बोर्डबाट ट्रेडमार्क प्रमाणपत्र पनि प्राप्त गरिसकेको छ ।

व्यवसायी गिरीले उद्योग सञ्चालनका लागि कोशी प्रदेश सरकारबाट रु १७ लाख ५० हजार अनुदान प्राप्त गर्नुभएको छ । उत्पादित चियाले उचित मूल्य प्राप्त गरेमा वार्षिक २५ देखि ३० लाख रुपैयाँसम्म आम्दानी लिने कुनै समस्या नरहेको उहाँको भनाइ छ ।

हाल ८० रोपनीमा फैलिएको खेतीलाई अझ विस्तार गर्ने तयारी भइरहेको छ । साथै, चिया बगान अवलोकन गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गर्दै गिरीले बगान परिसरभित्र ‘टेम्के फन पार्क तथा रिसोर्ट’समेत सञ्चालन गर्नुभएको छ ।

व्यवसायी गिरीका अनुसार बगानमा महिनामा चारपटकसम्म चिया टिप्न सकिन्छ । उहाँले नर्सरी उत्पादनदेखि रोपण र प्रशोधनसम्मका सबै चरण आफैँ गर्दै आउनुभएको छ । चिया खेती विस्तार गर्न इच्छुक अन्य किसानलाई उहाँले नियमित सल्लाह र प्राविधिक मार्गदर्शन दिँदै आउनुभएको छ । 

images
प्रकाशित मिति :कार्तिक १५, २०८२ शनिवार - १०:१६:१० बजे
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology