Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आयाक्सविरुद्ध भिक्टरको ह्याट्रिक

आयाक्सविरुद्ध भिक्टरको ह्याट्रिक

images

एजेन्सी

२०, कार्तिक २०८२
आयाक्सविरुद्ध भिक्टरको ह्याट्रिक
images

युरोपेली च्याम्पियन्स लिगमा टर्कीको क्लब गालातासारेले नेदरल्यान्ड्सको आयाक्सलाई उसैको मैदानमा ३–० गोलअन्तरले पराजित गरेको छ।

गालातासारेका स्ट्राइकर भिक्टर ओसिम्हेनले उत्कृष्ट प्रदर्शन गर्दै ह्याट्रिक पूरा गरे। पहिलो हाफमा दुवै टोलीले कुनै गोल गर्न सकेनन् तर दाेस्राे हाफमा गालातासारेका लागि सबै तीन गोल नाइजेरियाली स्ट्राइकर ओसिम्हेनले गरे।

उनले ५९औं मिनेटमा हेडमार्फत पहिलो गोल गरे। त्यसपछि ६६औं मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरे। अन्तमा, ७८औं मिनेटमा पुन: अर्को पेनाल्टीको सदुपयोग गर्दै ह्याट्रिक पूरा गरे र टिमलाई ३-० को सहज जित दिलाए।
 
ओसिम्हेन च्याम्पियन्स लिगमा आयाक्सको घरेलु मैदानमा ह्याट्रिक गर्ने क्रिस्टियानो रोनाल्डो र लुकास मौरा पछिका तेस्रो खेलाडी बनेका छन्।

images
प्रकाशित मिति :कार्तिक २०, २०८२ बिहिवार - ०९:३८:५९ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology