Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा प्रभु बैंकमा छापा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा प्रभु बैंकमा छापा

इच्छाकामना न्युज

२२, कार्तिक २०८२
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोद्वारा प्रभु बैंकमा छापा

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रभु बैंकको केन्द्रीय कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिएको छ । ब्युरोले काठमाडाैँ बिजुलीबजारमा रहेकाे बैंकमा छापा हानेर महत्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ । स्रोतका अनुसार ब्युरोले २ ओटा गाडीमा कागजात लिएर गएको छ ।

images

प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन पक्राउ परेपछि ब्युरोले प्रभु बैंकको केन्द्रीय कार्यालयमा पनि छापामा मारेको हो । ब्युरो स्रोतका अनुसार भट्टचनले प्रयोग गरेको ऋणको विषयमा अनुसन्धानका लागि भन्दै कागजात नियन्त्रण लिइएको हो ।

यसअघि ११ कात्तिकमा सिइआइबीले प्रभु ग्रुपका अध्यक्ष भट्टचनलाई पक्राउ गरेको थियो । सहकारीसँग सम्बन्धित ९८ करोड रुपैयाँ ठगीबारे प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले दिएको जाहेरीको विषयमा अनुसन्धान गरिरहेको सिआइबीले बैंकमा छापा मारेको हो ।

images
प्रकाशित मिति :कार्तिक २२, २०८२ शनिवार - ११:५०:५४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology