हपनी । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. २ स्थित हपनीमा अहिले साँझ बालेरो जिप दुर्घटना भएको खबर प्राप्त भएको छ । इच्छाकामना न्युजलाई प्राप्त खबर अनुसार साँझ करिब ६ बजेतिर दुर्घटना भएको हो ।
इच्छाकामना गाउँपालिकाको अनुदान सहयोगमा हपनी कृषक समूहले कृषि एम्बुलेन्सको रुपमा सञ्चालन गरेको बा. प्र. ०१–००२–झ ६६६२ नम्बरको बोलेरो जिप बजारमा तरकारी ढुवानी गरि गाउँ फर्कदै गर्दा दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि ४ जना घाईते भएको इच्छाकामना गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङले जानकारी दिए । अध्यक्ष गुरुङका अनुसार दुर्घनामा स्थानीय ७७ वर्षीय ज्येष्ठ नागरिक बिर बहादुर प्रजा गम्भिर घाइते हुनुका साथै स्थानीय कर्ण बहादुर प्रजा, दिपक प्रजा र बिष्णु चेपाङ सामान्य घाइते भएको छ ।
यतिबेला घाईतेहरुको उद्दार गरि थप उपचारको लागि भरतपुर ल्याउने तयारी भैरहेको उनले बताए ।