Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ 

किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ 

इच्छाकामना न्युज

२२, फाल्गुण २०७७
किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ 

काठमाण्डौ, २२ फागुन । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले वर्तमान सरकारले विगतको गुनासा अन्त्य गर्दै वास्तविक किसानको पहिचान गर्न लागेको बताउनुभएको छ । किसान सूचीकरण राष्ट्रिय अभियान शुभारम्भ कार्यक्रममा उहाँले किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने उहाँको भनाइ छ ।  

images

समाजवाद सम्म पुग्न सबै किसानलाई उत्पादन सँग जोड्नु पर्ने बताउँदै उहाँले सातवटै प्रदेशका कृषि मन्त्री तथा सचिवसँग छलफल गरि समग्र कृषिलाई व्यवस्थित गर्ने निष्कर्ष निकालेको पनि बताउनुभयो । ठूल्ठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुने तर्फ अगाडि बढेको बताउँदै उहाँले पाँच वर्षभित्र निर्यातमा कदम चाल्ने बताउनुभयो । अगामी दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको पनि उहाँको भनाइ छ । किसान सूचीकरणले कृषकको मनोवल बढाउनुको साथै जिम्मेवार बनाउने उहाँको भनाइ छ ।  

मन्त्रालय नयाँ ढंगले अगाडि बढ्न तयार रहेको बताउँदै मन्त्री अर्यालले ३० प्रतिशत किसानलाई प्रविधिमा पहुँच पु¥याउने जानकारी दिनुभयो । 

images
प्रकाशित मिति :फाल्गुण २२, २०७७ शनिवार - १७:५५:१२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology