Logo

आइतवार, आश्विन ११ गते २०८३

images
२०८३, आश्विन ११ गते
images
images

अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना

अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना

एजेन्सी

२६, कार्तिक २०८२
अचानक बेहोस भए बलिउड अभिनेता गोविन्दा, अस्पतालमा भर्ना
images

मुम्बई । बलिउड अभिनेता गोविन्दालाई मुम्बईस्थित एक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । उनी मंगलबार राति अचानक बेहोस भएका थिए ।

images
images
गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलका अनुसार मंगलबार राति करिब साढे आठ बजे आफ्नै घरमा उनी बेहोस भएका थिए ।

सुरुमा चिकित्सकको सल्लाह अनुसार घरमै औषधि दिइए पनि स्वास्थ्यमा सुधार नआएपछि राति १ बजे गोविन्दालाई क्रिटीकेयर अस्पतालमा लगिएको हो ।

बिन्दलका अनुसार चिकित्सकले उनको स्वास्थ्य अवस्था स्थिर रहेको बताएका छन् । चिकित्सकले गोविन्दाको स्वास्थ्य परीक्षण गरिरहेको उनले जानकारी दिए ।
 
गोविन्दा गत वर्ष घरमै राखेको पेस्तोलबाट निस्किएको गोली लागेर घाइते भएका थिए । त्यतिवेला पनि उनलाई क्रिटीकेयर अस्पतालमै उपचारका लागि भर्ना गरिएको थियो ।
 
गोविन्दाको उपचारमा संलग्न चिकित्सक दीपक नामजोशीका अनुसार राति नै आवश्यक स्वास्थ्य परीक्षण गरिएको छ । केही परीक्षणको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिँदै उनले तत्काल गोविन्दाको स्वास्थ्य अवस्था स्थिर रहेको बताए ।

images
प्रकाशित मिति :कार्तिक २६, २०८२ बुधवार - १०:१४:२० बजे

एजेन्सी

images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology