Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

इच्छाकामना न्युज

२८, कार्तिक २०८२
एनपीएलको पहिलो चरणको ६ दिनको खेलहरुको लागि टिकट बुकिङ खुला

काठमाडौं ।  नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि टिकट बिक्री खुल्ला गरेको छ । मङ्सिर १ गतेदेखि २७ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा हुने एनपीएल दोस्रो संस्करण प्रतियोगिताका लागि विभिन्न दरमा टिकट बिक्री सुरु गरेको हो । 

images

क्यानले एक सूचना जारी गर्दै दर्शकका लागि पहिलो चरणमा हुने प्रतियोगिताको पहिलो ६ दिनको खेलहरुको लागि टिकट बिक्री खुल्ला गरेको जानकारी दिएको छ क्यानका अनुसार विभिन्न वर्गका टिकट मूल्य तोकिएका छन ।

जसमध्ये ओपनिङ डे र शनिबारका खेलका लागि जनरल टिकटको मूल्य रु ५०० र प्रिमियम टिकटको मूल्य रु १,५०० तोकिएको छ। त्यस्तै, साप्ताहिक दिनमा हुने खेल हेर्न जनरल टिकट रु ५०० र प्रिमियम टिकट रु १,००० तोकिएको छ ।

यसका साथै सबै खेल हेर्न चाहने दर्शकका लागि विशेष सिजन पास को व्यवस्था गरिएको छ, जसको मूल्य रु १५,००० तोकिएको छ । टिकट ‘खल्ती बाइ आईएमई’ मार्फत अनलाइन खरिद गर्न सकिने समेत क्यानले जनाएको छ।

images
प्रकाशित मिति :कार्तिक २८, २०८२ शुक्रवार - ०९:०१:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology