Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

एनपीएल आजदेखि सुरु हुँदै : उद्घाटनमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै

एनपीएल आजदेखि सुरु हुँदै : उद्घाटनमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै

इच्छाकामना न्युज

१, मंसिर २०८२
एनपीएल आजदेखि सुरु हुँदै : उद्घाटनमा जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज भिड्दै

काठमाडाैँ । नेपालको फ्रेन्चाइज क्रिकेटमा उत्साह र अपेक्षाको नयाँ चरण आजदेखि औपचारिक रूपमा सुरु हुन लागेको छ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आज मङ्सिर १ बाट सुरू हुँदैछ, जसले आगामी २७ दिन त्रिवि क्रिकेट मैदानलाई घरेलु टि–२० क्रिकेटको केन्द्रबिन्दु बनाउनेछ।

images

उद्घाटन दिन जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज आमनेसामने हुनेछन् । दिउँसो ४ बजे शुरु हुने यो खेलले केवल प्रतिस्पर्धा मात्र होइन, नेपाली टि–२० फ्रेन्चाइज प्रणालीको प्रभाव र सम्भावना परीक्षण गर्ने अवसर पनि हुनेछ ।

एकै मैदानमा ३२ खेल : व्यवस्थापन र भीड दुवैका लागि चुनौती

यसपटकका सबै खेल कीर्तिपुरको त्रिवि मैदानमै आयोजना गरिँदैछ । दिउँसो र रातिको समयमा खेल सञ्चालन गरिनु, लामो समयसम्म निरन्तर भीड व्यवस्थापन र टेलिभिजन प्रसारण सञ्चालन गर्नु क्यानका लागि ठूलो व्यवस्थापकीय परीक्षा बन्नेछ ।

मङ्सिर १ देखि २७ सम्म चल्ने प्रतियोगितामा लिग चरण, तीन प्लेअफ र फाइनल गरी कुल ३२ खेल समावेश गरिएको छ ।

यस सिजनमा नेपालका आठ फ्रेन्चाइज टोलीमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन् ।

धेरै टोलीले नयाँ विदेशी खेलाडी भित्र्याएका छन् भने धेरै युवा घरेलु खेलाडीलाई पहिलोपटक ठूलो मञ्चमा आफूलाई प्रमाणित गर्ने मौका मिलिरहेको छ ।

टिकट मूल्यले दर्शकको अपेक्षा पनि परीक्षणमा

उद्घाटन खेलमा साधारण ५०० र प्रिमियम १५०० रूपैयाँको टिकट राखिएको छ । सामान्य दिनका खेलका लागि ५०० / १००० र प्लेअफ तथा फाइनलतिर जाँदा १००० / २००० को दर तोकिएको छ ।

यसबाहेक, क्यानले १५ हजार रुपैयाँमा सिजनल टिकट पनि उपलब्ध गराएको छ । टिकट दर केही महँगो भएको चर्चाबीच मैदानमा दर्शकको उपस्थिति कति हुन्छ भन्नेले पनि यस सिजनको सफलता–असफलता प्रभाव पार्नेछ ।

एनपीएलको दोस्रो दिन चितवन राइनोज र कर्णाली याक्स पहिलो खेलमा भिड्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स आमनेसामने हुनेछन् ।

दैनिक दोहोरो खेलको संरचनाले लिगलाई छिटो गतिमा अघि बढाउने भए पनि खेलाडीहरूको फिटनेस र टीम संयोजन परीक्षण हुने निश्चित छ ।

images
प्रकाशित मिति :मंसिर १, २०८२ सोमवार - ०८:५२:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology