Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

के तपाई मुग्लिन–नारायणगढ सडक प्रयोग गर्दै हुनुहुन्छ ?, ख्याल गर्नुस् आजदेखि बन्द छ

के तपाई मुग्लिन–नारायणगढ सडक प्रयोग गर्दै हुनुहुन्छ ?, ख्याल गर्नुस् आजदेखि बन्द छ

images

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
के तपाई मुग्लिन–नारायणगढ सडक प्रयोग गर्दै हुनुहुन्छ ?, ख्याल गर्नुस् आजदेखि बन्द छ
images

मुग्लिन, २३ फागुन । के तपाई मुग्लिन–नारायणगढ सडक खण्ड प्रयोग गरि यात्रा गर्दै हुनुहुन्छ ? यदि गर्दै हुनुहुन्छ भने ख्याल गर्नुस् नत्र दुःख पाउनुहुनेछ, किनकी आजदेखि मुग्लिन–नारायणगढ सडक एक हप्ताका लागि बन्द हुने भएको छ। सडक मर्मतका लागि भन्दै मुग्लिन–नारायणगढ सडक खण्ड दैनिक साढे चार घण्टा बन्द गरिन लागेको हो ।

उक्त सडकखण्ड अन्तरगतको चितवनको इच्छाकामना गाउँपालिका ६ स्थित चारकिलो डाँडाको पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्न आजदेखि एक हप्ता बन्द गरि नारायणगढ मुग्लिन सडक आयोजनाले काम गर्न लागेको छ।

जस अनुसार एक हप्तासम्म बिहान १०ः३० बजेदेखि दिउँसो ३ः०० बजेसम्म उक्त सडकमा दुइतर्फी सवारी आवागमन अवरुद्ध हुने आयोजनाले जनाएको छ।

यस अवधि भर नारायणगढबाट आउने सवारी साधनहरुलाई जलबिरे र मुग्लिन तर्फबाट जाने सवारी साधनहरुलाई मुग्लिन नजिक शान्तिबजारमा रोकिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ।

यस अवधिमा संभव भएसम्म वैकल्पिक सडक मार्गको प्रयोग गर्नका लागि समेत सम्पूर्ण सडक प्रयोगकर्ताहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले अनुरोध गरेको छ ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०७:३२:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology