Logo

बुधवार, कार्तिक २६ गते २०८३

images
२०८३, कार्तिक २६ गते
images

धादिङको बेनीघाट रोराङको नयाँ भवन प्रचण्डद्वारा मंसिर १० गते उद्घाटन हुने

धादिङको बेनीघाट रोराङको नयाँ भवन प्रचण्डद्वारा मंसिर १० गते उद्घाटन हुने

images

इच्छाकामना न्युज

३, मंसिर २०८२
धादिङको बेनीघाट रोराङको नयाँ भवन प्रचण्डद्वारा मंसिर १० गते उद्घाटन हुने
images

धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका–४ विशालटारमा निर्माण भएको सुविधा सम्पन्न प्रशासनिक भवन मंसिर १० गते नेपाली कम्युनिष्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने भएका छन्।

गाउँपालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक)का अनुसार भवनको निर्माण कार्य पूर्णरूपमा सम्पन्न भइसकेको छ र उद्घाटन समारोहमा शैक्षिक प्रदर्शनीसहित विशेष कार्यक्रम आयोजना गरिने छ।

यस भवनको शिलान्यास २०७७ साल जेष्ठ ३० गते शुक्रबार तत्कालीन संघीय सांसद भू­मीप्रसाद त्रिपाठी र तत्कालीन गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटी (हरि)ले संयुक्त रूपमा गरेका थिए।
करिव १४ करोड लागतमा बनेको यो भवन अहिले पूर्ण रूपमा तयार भई उद्घाटनका लागि तयार भएको गाउँपालिकाले जनाएको छ।

३८ कोठासहित बहु–उपयोगी संरचना

प्रशासनिक सेवा सहज बनाउनका लागि निर्माण गरिएको तीनतले भवनमा–

  • पहिलो तला: सामान्य प्रशासनिक कार्य
  • दोस्रो तला: उप–प्रमुखको कार्यकक्ष तथा न्यायिक इजलास हल
  • तेस्रो तला: गाउँपालिकाका प्रमुखको कार्यकक्ष
  • कुल कोठा संख्या: ३८

अहिले सहकारीको भवन भाडामा लिएर प्रशासनिक कार्य गर्दै आएको बेनीघाट रोराङले यो भवन तयार भए सँगै सेवा–प्रवाह अझ प्रभावकारी हुने छ।

images
प्रकाशित मिति :मंसिर ३, २०८२ बुधवार - ११:०१:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology