Logo

बिहिवार, कार्तिक २७ गते २०८३

images
२०८३, कार्तिक २७ गते
images

आँबुखैरेनी क्याम्पसको १९औँ वार्षिकोत्सव सम्पन्न

आँबुखैरेनी क्याम्पसको १९औँ वार्षिकोत्सव सम्पन्न

images

इच्छाकामना न्युज

४, मंसिर २०८२
आँबुखैरेनी क्याम्पसको १९औँ वार्षिकोत्सव सम्पन्न
images
आँबुखैरेनी । आँबुखैरेनी क्याम्पसको १९औँ वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम बुधबार क्याम्पस सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि के.सी.को सभापतित्व तथा आँबुखैरेनी गाउँपालिका अध्यक्ष शुक्र चुमानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।
584635772_1926281911574933_1621124385418233769_n.jpg
 
कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेका थिए। क्याम्पसमा अक्षयकोष स्थापना गर्न सहयोग पुर्‍याउने दाताहरूलाई सम्मान तथा वार्षिकोत्सवको अवसरमा आयोजना गरिएका विभिन्न खेलकुद प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको क्याम्पसले जनाएको छ।
585539019_1926282974908160_5314224254912110444_n.jpg
 
क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष अनिल श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने क्याम्पस प्रमुख भवदत्त शर्माले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
585467929_1926282938241497_8123553669378417626_n.jpg
 
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, निवर्तमान अध्यक्ष गिर बहादुर थापा, क्याम्पस सञ्चालक समितिका अध्यक्ष ऋषि के.सी., संस्थापक अध्यक्ष बंशीराम प्रधान, पूर्व क्याम्पस प्रमुख कृष्ण देवकोटा, क्याम्पस सञ्चालक समितिका सदस्य सन्त बहादुर के.सी., र विद्यार्थी संघ (स्ववियु) सभापति निशान मगरलगायतले आ–आफ्ना धारणा राखेका थिए।
585341723_1926285001574624_2156291924993391934_n.jpg584646041_1926284474908010_2695918511567249696_n.jpg

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०७:३७:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology