Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

दुर्गा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

दुर्गा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

इच्छाकामना न्युज

४, मंसिर २०८२
दुर्गा प्रसाईँका सुरक्षा गार्ड दीपक खड्का पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका निजी सुरक्षागार्ड दीपक खड्का पक्राउ परेका छन् । उनलाई पक्राउ गरेर प्रहरीले अभद्र व्यवहारको मुद्दामा थुनामा राखेर अनुसन्धान अघि बढाएको छ ।

images

प्रसाईंलाई मंगलबार भेट्न पुगेका खड्कासहित ९ जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरेको थियो । सो समूहमध्ये ८ जनालाई भने रिहा गरिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार खड्काविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा म्याद लिएर थप अनुसन्धान जारी छ ।

प्रसाईंलाई प्रहरीले सोमबार राति सार्वजनिक शान्तिमा खलल पु¥याएको आरोपमा पक्राउ गरेको थियो । उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्ने अनुमति अदालतबाट लिइएको प्रहरीले जनाएको छ । सोही क्रममा खड्कालाई समेत अभद्र व्यवहारको आरोपमा हिरासतमा राखिएको हो ।

यसैबीच, प्रसाईं नेतृत्वको नागरिक बचाउ महाअभियानले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ । आन्दोलन सुरु हुनुअघि नै प्रसाईंलाई पक्राउ गरिएको हो ।

images
प्रकाशित मिति :मंसिर ४, २०८२ बिहिवार - ०७:५५:०० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology