Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

आँबुखैरेनी र देवघाट गाउँपालिकामा पनि आजैदेखि कोरोना खोप लगाउने

आँबुखैरेनी र देवघाट गाउँपालिकामा पनि आजैदेखि कोरोना खोप लगाउने

इच्छाकामना न्युज

२३, फाल्गुण २०७७
आँबुखैरेनी र देवघाट गाउँपालिकामा पनि आजैदेखि कोरोना खोप लगाउने

आँबुखैरेनी, २३ फागुन । देशभरका स्थानीय तहका ६५ वर्ष भन्दा माथिको ज्येष्ठ नागरिकहरुलाई आजदेखि कोरोना खोप लगाउदैछ। त्यसै अनुरुप स्वास्थ्य कार्यालय तनहुँले जिल्लामा दुई चरणमा कोरोना खोप लगाउदैछ। जसअनुरुप पहिलो चरणमा फागुन २३ गतेदेखि २७ गतेसम्म र दोस्रो चरणमा फागुन २८ गतेदेखि चैत २ गतेसम्म लगाईने भएको छ।

images

यस्तै पहिलो चरणमा आँबुखैरेनी गाउँपालिका सहित  व्यास नगरपालिका, भानु नगरपालिका, बन्दिपुर गाउँपालिका र देवघाट गाउँपालिकामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।  दोस्रो चरणमा शुक्लागण्डकी नगरपालिका, भिमाद नगरपालिका ऋषिङ गाउँपालिका, घिरिङ गाउँपालिका र म्याग्दे गाउँपालिकामा लगाइने कार्यक्रम तय गरिएको प्रमुख अधिकारीले बताए । खोप अभियानका लागि स्वास्थ्य कार्यालयले २६६ जना स्वास्थ्यकर्मी, ४२५ जना स्वयंसेवकहरुलाई तयार गरिएको जिल्ला स्वास्थ्य प्रमुख शंकरबाबु अधिकारीले जानकारी गराए । 

यस्तै, आकस्मिकताका आधारमा स्वास्थ्यकर्मी परिचालन गर्नका लागि विशेष ईएफआई व्यवस्थापन टोली समेत गठन गरिएको स्वास्थ्य कार्यालय तनहुँका फोकल पर्सन विरेन्द्र चौधरीले जानकारी गराए। तनहुँका ८५ वटा वडाका ९४ वटा स्वास्थ्य कार्यालयबाट लगाइने कोभिडशिल्ड खोप उपलब्धताको आधारमा ५५ वर्ष माथिका उमेर समुहका शिक्षकहरु र सवारीचालक तथा सहचालकहरुलाई समेत लगाइने चौधरीले बताए। 

यस्तै, विभिन्न चरणको परिक्षण पश्चात खोप स्वीकृत भएर समुदायमा जान लागेकाले ढुक्क भएर खोप अभियानमा सरिक हुन स्वास्थ्य प्रमुख अधिकारीले आग्रह गरेका छन् । हालम्म कुनै पनि गम्भिर समस्या उत्पन्न नभएकाले यसबाट सबैले पूर्ण सुरक्षाको प्रत्याभूति गर्नुपर्ने अधिकारीको भनाई थियो ।

images
प्रकाशित मिति :फाल्गुण २३, २०७७ आइतवार - ०८:४७:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology