काठमाण्डौ, २३ फागुन । सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलमा आजपनि दुई खेलहरु हुँदैछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा नयाँ बस्ती युवा क्लबले श्री कुमारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
नयाँ बस्ती र झम्सिखेलबीचको खेल अपराह्नसवा १२ बजे सुरु हुनेछ । नयाँ बस्ती ९ खेलमा १२ अङ्क जोडेर छैटौं स्थानमा रहेको छ । श्री कुमारी ९ खेलमा ८ अङ्क जोडेर दशौँ स्थानमा रहेको छ ।
यस्तै आजै हुने अर्को खेलमा बाँसबारी क्लबले झम्सिखेल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । बाँसबारी र झम्सिखेलबीचको खेल दिउँसो साढे ३ बजे सुरु हुनेछ । बाँसबारी ९ खेलमा १८ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । झम्सिखेल ११ अङ्क जोडेर ११ औं स्थानमा रहेको छ ।