Logo

बिहिवार, श्रावण २८ गते २०८३

images
२०८३, श्रावण २८ गते
TRENDING
images

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै 

कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै 

इच्छाकामना न्युज

१३, मंसिर २०८२
कुवेतमा तमू ल्होसार, जिदान गुरुङ कुवेत आउदै 

कुबेत - प्रवासी भूमिमा रहेर पनि आफ्नो मौलिक जातीय पहिचान, भाषा, संस्कार र संस्कृतिको संरक्षणमा निरन्तर लाग्दै आएको तमू (गुरुङ) समुदायको साझा संस्था ‘तमू समाज, कुवेत’ले विगतका वर्षहरूझैँ यस वर्ष पनि तमू समुदायको राष्ट्रिय चाड ‘त ल्हो – तमू ल्होछार/ल्होसार २०८२’ आगामी २ जनवरी २०२६, शुक्रबारका दिन कुवेतको हवाली स्थित बोईज स्काउट थिएटरमा हर्षोल्लासका साथ भव्य रूपमा मनाउने भएको छ।

images

तमू (गुरुङ) समुदायको परम्परागत वर्ग–चक्रअनुसार यस वर्ष ‘सप्री ल्हो’ (सर्प वर्ग) लाई बिदाइ गरी ‘त ल्हो’ (घोडा वर्ग) लाई स्वागत गर्दै ल्होछार/ ल्होसार उत्सवको आयोजना गरिनेछ। कार्यक्रमलाई अझ आकर्षक तथा मनोरञ्जनपूर्ण बनाउन नेपाल आइडल सिजन ६ का उत्कृष्ट प्रतिस्पर्धी तथा नेपाली संगीत क्षेत्रमा छुट्टै पहिचान बनाएका बहुप्रतिभाशाली गायक जिदान गुरुङलाई विशेष अतिथि कलाकारका रूपमा निमन्त्रणा गरिएको छ। साथै समाजका स्थानीय कलाकारहरूले पनि आकर्षक प्रस्तुति दिने तयारी अन्तिम चरणमा पुगेको समाजकी अध्यक्ष रञ्जना गुरुङले जानकारी दिएकी छन्। कार्यक्रममा प्रवेश निशुल्क रहनेछ।

कार्यक्रमलाई भव्य रूपमा सफल पार्न नेपालीहरुको एकमात्र रोजाईको अल–मुल्ला एक्सचेन्ज (Al Mulla Exchange) कुवेतले मुख्य प्रायोजन गरेको छ। अन्य सहयोगी प्रायोजकहरूमा हिमालयन हाउस रेस्टुरेन्ट ग्रुप (American Franchise Arabica Coffee, Dampa Lounge, Momo’s Hut, Himalayan Snacks House, Himalayan Beauty Salon), रोयल गाउले रेस्टुरेन्ट तथा भेटघाट नेपाली रेस्टुरेन्ट रहेका छन्।

उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ - संस्थाका पदाधिकारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई कार्यक्रममा उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
मिति: २ जनवरी २०२६, शुक्रवार
स्थान: बोईज स्काउट थिएटर, हवाली, कुवेत
आयोजक: तमू समाज, कुवेत

images
प्रकाशित मिति :मंसिर १३, २०८२ शनिवार - १०:११:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology